सुन ३०० घट्दा तोलाको १ लाख ३ हजार २००, चाँदी १३६५ रुपैयाँ

बिजमाण्डू
२०७९ पुष २७ गते ११:३४ | Jan 11, 2023
सुन ३०० घट्दा तोलाको १ लाख ३ हजार २००, चाँदी १३६५ रुपैयाँ


काठमाडौं। लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार ३ सयको गिरावट छ। कारोबार मूल्य प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
NLIC

यसअघि मंगलबार १ लाख ३ हजार ५ सय रुपैयाँ प्रतितोला थियो।

यो साता सुनको कारोबार मूल्य १ लाख ३ हजारबाट उकालो लागेको हो। गत साताको अन्तिम दिन तोलाको १ लाख २ हजार ३ सय थियो। त्यसमा आइतबार एक हजार रुपैयाँको बढोत्तरी भएको थियो भने सोमबार ६ सय बढेको थियो।

पुस १ मा तोलाको ९९ हजार ९ सयमा कारोबार भएको सुन एक लाखमाथि उकालो लागेर त्यसयता घटेको छैन।

चाँदीको मूल्य भने बुधबार अघिल्लै दिन कायममा स्थिर छ। गत सोमबारका तुलनामा मंगलबार २५ रुपैयाँ घटेर प्रतितोला १३ सय ६५ मा कारोबार भएको थियो। साताको पहिलो दिन १३ सय ८० थियो भने सोमबार १० रुपैयाँ बढेर मूल्य कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १८७१.४१ डलरमा कारोबार भएको सुन बुधबार १८८०.०८ डलर पुगेको छ। चाँदीमा भने गिरावट छ। मंगलबार प्रतिऔंस २३.५४ डलरमा कारोबार भएकोमा बुधबार २३.३४ डलरमा आइपुगेको छ।