शुक्रबार सुनको मूल्य तोलामा ५ सय बढेर एक लाख एक हजार रुपैयाँ नाघ्यो, चाँदी पनि बढ्यो



बिजमाण्डू
२०७९ पुष १५ गते ११:०१ | Dec 30, 2022
शुक्रबार सुनको मूल्य तोलामा ५ सय बढेर एक लाख एक हजार रुपैयाँ नाघ्यो, चाँदी पनि बढ्यो

काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा शुक्रबार ५ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रति तोला एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
Nepal Life

बिहीबार सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य शुक्रबार तोलामा १५ रुपैयाँले बढेको छ।

चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ८० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १८१६.३८ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २३. ९४ डलर छ। बिहीबार सुन प्रतिऔंस १८०७.५ डलर र चाँदी प्रतिऔंस २३.६५ डलरमा कारोबार भएको थियो।