सिटिजन लाइफद्वारा बीमालेखमा नवीकरणमा शतप्रतिशत छुट घोषणा, १२ दिनभित्र गरे छुट आकर्षक



बिजमाण्डू
२०७९ पुष ११ गते ११:३४ | Dec 26, 2022
सिटिजन लाइफद्वारा बीमालेखमा नवीकरणमा शतप्रतिशत छुट घोषणा, १२ दिनभित्र गरे छुट आकर्षक

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा लाग्ने शुल्क (ब्याज) मा शतप्रतिशत छुट दिने भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल बीमा प्राधिकरणको जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ अनुसार नवीकरण शुल्क भुक्तानी गर्नुपर्छ। तर २ वर्ष अघिदेखि व्यतीत बीमालेखहरुको नवीकरणलाई प्रोत्साहित गर्न कम्पनीले छुट दिन लागेको हो।

कम्पनीले पुस ११ देखि २५ गतेसम्म बीमालेखलाई पुनर्जागृत गराइ नवीकरण शुल्क बुझाएमा लाग्ने शुल्क पूर्णरूपमा छुट दिइने जनाएको छ।

विलम्ब शुल्क छुट बीमा अवधिभरी एक पटक मात्र पाइने हुँदा यस अवधिमा नवीकरण शुल्क भुक्तानी गरी बीमालेख सक्रिय राख्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गरेको छ।