काठमाडौं। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले साधारणसभा डाकेको छ। लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको हो।
सभा पुस २५ गते रुपन्देहीको ड्रिमल्याण्ड गोल्ड होटलमा हुने भएको छ। लाभांशबाहेक अन्य सबै सामान्य प्रस्ताव बारे सभाले छलफल गर्दैछ।
बैंकले गत आर्थिक वर्षका लागि १३.३० प्रतिशत बोनस सेयर वितरण गर्दैछ। र ०.७० प्रतिशत नगद वितरण गर्ने प्रस्ताव सभामा लैजादै छ।
यस बाहेक सभाले बैंकको वासलात, नाफा नोक्सान र अध्यक्षको वार्षिक प्रतिवेदन बारे छलफल गर्दैछ।
साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले पुस १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म कायम सेयरधनी मात्र लाभांश पाउन र सभामा भाग लिन योग्य मानिनेछन्।










