पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ सर्वसम्मत



बिजमाण्डू
२०७९ कात्तिक २७ गते ०९:२८ | Nov 13, 2022

काठमाडौं। पश्चिम क्षेत्रका अटोमोबाइल व्यवसायीहरुको संगठन पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भएका छन्।

Tata
GBIME
Nepal Life

पोखरामा शनिबार भएको १७औं साधारणसभा एवं नवौं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भएका हुन्। वाडाको निवर्तमान अध्यक्ष मोहनबाबु खड्का थिए।

त्यसैगरी एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा राघव सिलवाल, उपाध्यक्षमा दीपेन्द्र कोइराला, महासचिवमा शिव श्रेष्ठ, कोषाध्यक्षमा निरन केसी र सचिवमा विनय थापा निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यमा दीपेन्द्र भण्डारी, छविलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी, मनोज थापा, विष्णु गोयल, सन्ध्या पौडेल र नुरुज बाटाजु निर्वाचित भएका छन्।