
काठमाडौं । विहिवार पनि सुन तोलामा दुई सय रुपैया घटेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले विहिवारको लागि सुन प्रति तोलाको ५९ हजार रुपैया तोकेको छ ।
बुधवार सुन तोलामा तीन सय रुपैया घटेर प्रति तोलाको ५९ हजार दुई सय रुपैयमा कारोवार भएको थियो । अमेरिकी डलर कमजोर हुदै गएपछि नेपाली बजारमा सुनको मुल्य लगातार घटिरहेको छ ।
विहिवार चाँदीको मुल्यमा कुनै परिवर्तन भएन बुधवार चाँदि तोलामा चार रुपैया घटेर प्रति तोलाको एघार सय ८५ रुपैयामा कारोवार भएको थियो ।