नागरिक र रिपब्लिका पत्रिका प्रकाशन गर्ने रिपब्लिक मिडियाको आइपीओ आउँदै, सेबोनमा दियो आवेदन



बिजमाण्डू
२०७९ कात्तिक ४ गते १२:०१ | Oct 21, 2022
नागरिक र रिपब्लिका पत्रिका प्रकाशन गर्ने रिपब्लिक मिडियाको आइपीओ आउँदै, सेबोनमा दियो आवेदन

काठमाडौं। नागरिक र रिपब्लिका पत्रिका प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ। कम्पनीले आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि सर्वसाधउरणमा ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता आइपीओ जारी गर्ने छ। आइपीओ ल्याउन अनुमति माग्ने रिपब्लिक मिडिया नेपाली सञ्चार उद्यम क्षेत्रको पहिलो कम्पनी हो।

कम्पनीले आइपीओ जारी गर्न कात्तिक २ गते बोर्डमा आवेदन दिएको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटस् लिमिटेडले जनाएको छ। कम्पनीले अंकित मूल्यमा नै आइपीओ जारी गर्ने छ। १४ वर्ष अघि स्थापना भएको यो कम्पनीका एमडीमा विनोद ज्ञवाली छन् भने निर्देशकमा शोभा ज्ञवाली। कान्तिपुर दैनिकबाट साझेदार छुट्टिएर खडा भएको यो कम्पनीमा एग्रेसिभ लगानी भएको थियो। 

यो कम्पनी अन्तर्गत नेपाली र अंग्रेजी पत्रिकाबाहेक रेडियो नागरिक, नागरिक न्युज डटकम, रिपब्लिका डटकम, परिवार मासिक पत्रिका लगायत छन्। कोभिडपछि अंग्रेजी दैनिक रिपब्लिका र शुक्रबार साप्ताहिकको छापा संस्करण बन्द भएको छ। यही समूह अन्तर्गत द न्युयोर्क टाइम्स प्रकाशन हुँदै आएको छ।

सुन्धाराको जेडीए कम्प्लेक्समा कम्पनीको कर्पोरेट कार्यालय छ भने इमाडोल, विराटनगर र नेपालगंजमा छापाखाना छ।