राधी विद्युत कम्पनीले भदौ १० गतेसम्म कायम सेयरधनीलाई आजबाट हकप्रद बिक्री गर्दै, पुँजी डेढ अर्ब

बिजमाण्डू
२०७९ असोज ५ गते ०८:४७ | Sep 21, 2022

काठमाडौं। राधी विद्युत कम्पनी लिमिटेडले आजबाट हकप्रद सेयर जारी गरेको छ। कम्पनीले २५ गतेसम्म सेयर जारी गर्ने छ।

Tata
GBIME
NLIC

१०० रुपैयाँ अंकित दरका ९५ लाख ३५ हजार ७६० कित्ता सेयर जारी गरेको छ। कम्पनीले हाल कायम पुँजीको एक बराबर १.४७ को अनुपातमा हकप्रद सेयर जारी गरेको हो।

कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ छ। करिव एक अर्बको सेयर जारीपछि चुक्ता पुँजी डेढ अर्ब नाघ्ने छ।

कम्पनीको सेयरमा भदौ १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्छन्।  कम्पनीले प्रस्ताव गरेको १४७.५२ प्रतिशत हकप्रदका आधारमा नेप्सेले शुक्रबार राधिको मूल्य समायोजन गरिसकेको छ।