३ अर्ब डलरको फेसन रिटेलर प्याटागोनियाका अर्बपतिले सबै कम्पनीहरु परोपकारी ट्रस्टलाई दिए



बिजमाण्डू
२०७९ भदौ ३० गते १२:१९ | Sep 15, 2022
३ अर्ब डलरको फेसन रिटेलर प्याटागोनियाका अर्बपतिले सबै कम्पनीहरु परोपकारी ट्रस्टलाई दिए

काठमाडौं। फेसन रिटेलर प्याटागोनियाका अर्बपति संस्थापकले आफ्नो कम्पनी एक परोपकारी ट्रस्टलाई दिएका छन्। ३ अर्ब डलरको फेसन रिटेलर प्याटागोनियाका अर्बपति युभोन कोइनार्डले नयाँ स्वामित्व संरचना अन्तर्गत व्यवसाय सञ्चालन गर्न पुन: लगानी नगरिएको सबै नाफा जलवायु परिवर्तनसँग लड्न खर्च गर्ने बताए।

Tata
GBIME
Nepal Life

उनले सुरुमा प्याटागोनिया कम्पनी बेच्ने र पैसा परोपकारमा दान गर्ने वा कम्पनीलाई सार्वजनिक गर्ने बारे सोचेका थिए। तर पछि उनको परिवार कम्पनीको नाफालाई ट्रस्टमा दान गर्ने निर्णयमा पुगेका हुन।

अहिले उनले आफ्नो स्वामित्वमा रहेका कम्पनीहरुलाई नयाँ संस्थामा हस्तान्तरण गरेका छन्। आफ्नो परिवारको नेतृत्वमा रहेको प्याटागोनिया पर्पज ट्रस्ट तथा गैर-नाफामुखी संस्थालाई दान गरेका हुन। यो कम्पनीको नियन्त्रित सेयरहोल्डर रहन्छ तर यसको कुल स्टकको दुई प्रतिशत मात्र स्वामित्व हुनेछ।

ट्रस्ट र गैर-नाफामुखी संस्थाहरूले कम्पनीको लगभग १० करोड डलरको वार्षिक नाफालाई जलवायु परिवर्तनसँग लड्न र विश्वभर अविकसित भूमिहरूको रक्षा गर्न प्रयोग गरिने बताएका छन्। साथै प्याटागोनियाले भेन्चुरा सीएमा रहेको मुख्यालयबाट एक निजी तथा नाफाको लागि निगमको रूपमा काम गर्नेछ।

उनका अनुसार कम्पनीले हरेक वर्ष १० करोड डलरको कमाइ गर्ने दावी गरेका छन्। यसमा कम्पनीहरुको संचालन तथा नाफामा निर्भर हुने पनि उनले बताए। प्याटागोनियाले १० भन्दा बढी देशहरूमा ट्रेकिङ यात्रा गर्ने र अन्य बाहिरी कपडाहरू बिक्री गर्दै आएको छ। यो ५० वर्ष पुरानो क्लोथिङ ब्राण्ड हो।

यो १९७३ मा स्थापित कम्पनी हो। यसको अनुमानित आम्दानी यस वर्ष १.५ अर्ब डलर थियो। 'प्रकृतिबाट मूल्य निकालेर यसलाई धनमा रूपान्तरण गर्नुको सट्टा हामी स्रोतको सुरक्षा गर्न प्याटागोनियाले सिर्जना गरेको सम्पत्ति प्रयोग गर्दैछौं,' उनले भने।

क्यालिफोर्नियाको यो कम्पनीले पहिले नै आफ्नो वार्षिक नाफाको १ प्रतिशत तल्लो तहका कार्यकर्ताहरूलाई दान गरिसकेको थियो।