माछापुच्छ्रे बैंकको एप र वेवसाइटमार्फत रेमिट्यान्स, नेपालबाट रेमिटेन्स पठाउन आग्रह गर्न सकिने



बिजमाण्डू
२०७९ भदौ २९ गते १६:३३ | Sep 14, 2022
माछापुच्छ्रे बैंकको एप र वेवसाइटमार्फत रेमिट्यान्स, नेपालबाट रेमिटेन्स पठाउन आग्रह गर्न सकिने

काठकाडौं। माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप तथा वेबसाइटमार्फत रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

बैंकले अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा संचालनमा ल्याएको हो। यो सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर  बैंकको एप तथा वेबसाइट मार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ। 

अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधा अन्तर्गत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर रिक्वेस्ट रेमिट मार्फत रेमिट्यान्स  पठाउन आग्रह गर्न सकिने छ। 

जस अन्तर्गत नेपालमा रहेका व्यक्तिले  आफुलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्नेछन्। उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सजिल्यै र सहजरुपमा रेमिट्यान्स नेपाल पठाउन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

यो सुविधा विदेशमा रहेका नागरिकहरुले क्रेडिट कार्ड, डेबिट कार्ड,बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरि पनि पठाउन सक्नेछन्। 
यो सुविधाको प्रयोग रेमिट्यान्स पठाउने र पाउने दुवैले उपयोग गर्न सक्नेछन्। हाललाई अमेरिका तथा युरोपमा रहेका नागरिकहरुले मात्र यो सुविधा प्रयोग गर्न सक्नेछन्।