उद्योगमन्त्री भन्छन्, ‘नेपालमा जस्तो लगानीको वातावरण अन्यत्र कतै छैन, देशमा व्यापारी धेरै भए’

बिजमाण्डू
२०७५ असोज ९ गते २१:४६ | Sep 25, 2018
उद्योगमन्त्री भन्छन्, ‘नेपालमा जस्तो लगानीको वातावरण अन्यत्र कतै छैन, देशमा व्यापारी धेरै भए’


काठमाडौं। उद्योगमन्त्री मातृकाप्रसाद यादवले नेपालमा जस्तो लगानीको वातावरण संसारमा कतै पनि नभएको बताएका छन्।

Vigo
GBIME
Tata

चिनियाँ समाचार संस्था सिन्ह्वाले नेपाली तथा चिनियाँ व्यवसायी र मन्त्री यादवसँग गरेको अन्तर्क्रिया कार्यक्रममा यादवले नेपालमा लगानीका लागि अफ्ठेरो अवस्था नरहेको बताए। 

'चिनियाँ लगानीकर्ता वा संसारका अन्य कुनै स्थानका पनि लगानीकर्ताका लागि नेपाल लगानीका लागि अफ्ठेरो ठाउँ होइन, विदेशी लगानीकर्ताले लगानी गर्न नेपालभन्दा अन्यत्र यत्तिको वातावरण पाउँदैनन्,' मन्त्री यादवले भने। 

यादवले लगानीकर्तालाई सहजीकणका लागि आफू सधैं तयार रहेको भन्दै यादवले लगानीकर्ताका लागि सिंहदरबारसम्मको पहुँच सधैँ खुला रहेको उल्लेख गरे। 'अफ्ठेरो अवस्था आउन म दिन्नँ,' उनले भने, 'कतै अफ्ठेरो अवस्था आए सिधै म समक्ष आउनुस्।' 

मन्त्री यादवले नेपालमा उद्योगीका नाममा धेरै व्यापारी भएका कारण आर्थिक विकास हुन नसकेको पनि बताए। 'नेपालमा उद्योगीको संख्या धेरै भएको भए अहिलेसम्म यस्तो अवस्था नै हुने थिएन,' उनले भने।