विकासशील देशका बीमा कम्पनी र नियामक निकायहरुको संगठन एआइआरडिसीको अध्यक्षमा शाह 

बिजमाण्डू
२०७५ असोज ९ गते २०:५८ | Sep 25, 2018
विकासशील देशका बीमा कम्पनी र नियामक निकायहरुको संगठन एआइआरडिसीको अध्यक्षमा शाह 


काठमाडौं। विकासिल देशहरुका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था एआइआरडिसी (एसोसिएसन अफ इन्स्योरेन्स एण्ड रिइन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज) ले नेपालका विजयबहादुर शाहलाई अध्यक्षमा निर्वाचित गरेको छ। 

Vigo
GBIME
Tata

काठमाडौंमा आयोजित २१‍औं सम्मेलनले नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शाहलाई निर्वाचित गरेको हो। 

उपाध्यक्षमा घानाकी एलिजावेथकी वान्स डग्वे निर्वाचित भएकी छन्। यसअघि शाह उपाध्यक्ष थिए। उपाध्यक्ष नै अध्यक्षमा निर्वाचित हुने व्यवस्था रहेको छ। 

नेपालमा आयोजना भएको २१औ साधारणसभाले घानामा २२औ सम्मेलन गर्ने घोषणा पनि गरेको छ। सम्मेलनको अध्यक्षता यास्सिर अलवाहर्नाले गरिरहेका छन्। उनी बहराइजनको अरव इन्स्योरेन्स ग्रुपका अध्यक्ष हुन्।