कैलास विकास बैंकले खोल्यो तीन शाखा, चाँडै २१ शाखा थप्दै

बिजमाण्डू
२०७५ असोज ७ गते १६:४४ | Sep 23, 2018

काठमाडौं। कैलाश विकास बंैकले कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतकोे विरेन्द्रनगर र छिन्चुमा गरी तीन शाखाहरु खोलेको छ। 

Tata
GBIME
Nepal Life

महेन्द्रनगर शाखाको उद्घाटन प्रदेश नं. ७ का प्रदेश सांसद लालबहादुर खड्का, विरेन्द्रनगर शाखाको विरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुबेदी तथा छिन्चु शाखाको भेरी गंगा नगरपालिकाका मेयर भुपेन्द्रबहादुर चन्दले गरेका छन्। 

नयाँ ३ शाखासहित बैंकको कुल शाखा संख्या ७० पुगेका छन्। बैंकका २६ एटिएम पुगेका छन्। बैंकले छिट्टै बाँंकेको नेपालगंज, दाङको तुल्सीपुर, झापाको बिर्तामोड, सुनसरीको धरान र अन्य विभिन्न ठाउँहरुमा २१ वटा शाखा खोल्ने तयारी गरिरहेको छ। 

२ अर्व ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चाँडै भिसा कार्ड सेवा सुरु गर्दैछ।