बाम लहरको छाँया हट्न थालेको हो शेयर बजारबाट? दोहोरो अंकको बृद्धि, आधा अर्बको किनबेच

बिजमाण्डू
२०७४ मंसिर २७ गते १५:४७ | Dec 13, 2017
काठमाडौं। चुनावको परिणाम आउन थालेसँगै ओरालो लागेको शेयर बजार बुधबार १०.५३ अंकले बढेको छ। १६४ वटा कम्पनीको ४८ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ।  
 
उपसुचकहरु पनि उकालो लागेका छन्। कारोबार सुरु भएदेखि नै ओरालो लागेको बजार ३४ मिनेटसम्म ५.६९ अंक झरेको थियो। १२:४८ बजेसम्म कारोबार स्थिर रह्यो। त्यसपछि भने बजार बढेन थालेको हो। १०.५३ अंकले उकालो लाग्दा सुचक १५२०.७४ अंकलाई छोएको छ। 
 
सबैभन्दा धेरै होटलको उपसुचक १.७८, उत्पादन उपसमुह १.३२, ट्रेडिङ १.२३, अन्य १.१८,  माइक्रोफाइनान्स ०.८, बीमा ०.६७, वाणिज्य बैंक ०.६३, हाइड्रोपावर ०.४७, विकास बैंक ०.३३, फाइनान्स ०.२६ प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै कुवेर मर्चेन्ट फाइनान्सका शेयरधनीले ९.६३ प्रतिशत कमाएका छन् भने सबैभन्दा धैरै प्रोग्रेसिभ फाइनान्सका शेयर धनीले ३.९८ प्रतिशतले गुमाएका छन्।
 
ग्लोबल आइएमइ बैंकको पाँच करोड ४० लाख रुपैयाँको करोबार भएको छ। 

Tata
GBIME
Nepal Life