नेको इन्स्योरेन्सको ब्यापार ७१ प्रतिशतले बढ्यो, हेड अफिसका लागि भवन खरीद गर्दै, १००% हकप्रद

बिजमाण्डू
२०७३ साउन २४ गते ००:०० | Aug 8, 2016
नेको इन्स्योरेन्सको ब्यापार ७१ प्रतिशतले बढ्यो, हेड अफिसका लागि भवन खरीद गर्दै, १००% हकप्रद
काठमाडौं । महतो र विनायक समूहको प्रमुख लगानी रहेको नेको इन्स्योरेन्सले ७१ प्रतिशतले ब्यवसाय विस्तार गरेको छ । एक बर्षको अवधिमा कम्पनीले बिमा शुल्क ९२ करोड रुपैयाँ पुर्‍याएको हो ।
 
कम्पनीले भर्खरै घटनास्थलमा नै दावि भुक्तानी दिने योजना ल्याएको छ । यो योजना अन्तर्गत दावीकर्तालाई क्षतिको हरहिसाव गरी तत्काल घटनास्थलमै क्षतिको भुक्तानी दिइन्छ ।
 
कम्पनीले जोखिम वहन गर्ने क्षमता बृद्धि गर्न एक बराबर एकका दरले हकप्रद सेयर निस्कासन गर्ने व्यवस्थापन सल्लाहकार अशोककुमार खड्काले जानकारी दिए । हकप्रद जारी गर्ने एजेन्डा २०‍‍औ‌‌ बार्षिक साधारणसभाले पारित गरिसकेको छ ।
 
कम्पनीको हेड अफिसहित २८ शाखा कार्यालय छन् । कम्पनीले हेड अफिसका लागि नयाँ भवन खरीद गर्ने प्रकृयामा रहेको विज्ञप्तिमा जनाएको छ ।

Tata
GBIME
Nepal Life