हेम रोकाहा Archives - BIZMANDU
इतिहासकै खराब संकट भोगेको श्रीलंकाको अर्थतन्त्र कसरी भयो ‘रिबाउन्ड’ ?
सन् २०१९ को अन्त्यतिर श्रीलंकाको अर्थतन्त्र इतिहासकै संकट अवस्थातिर लम्कियो। दशकौँसम्म बढ्दै गएको सार्वजनिक ऋण, घाटामा चल्ने सरकारी उद्यमहरूको अनियन्त्रित खर्च, राज्यका अनुदान र कमजोर लक्षित सामाजिक सहायता योजनाहरू सो पतनका प्रमुख कारण बने।
केन्द्रीय बैंकले लामो समयसम्म अत्यधिक उच्च मूल्यमा रूपैयाँ कायम राख्यो। बैंकले ठूलो मात्रामा पैसा छाप्यो। अनियन्त्रित रूपमा अन्तर्राष्ट्रिय सार्वभौम ऋणपत्र जारी गरियो। यी सबैले अर्थतन्त्रलाई थप संकटतर्फ धकेल्यो।
तत्कालिन राष्ट्रपति गोटाबाया राजापक्षे सरकारले अचानक रासायनिक मल आयातमा रोक लगाएपछि संकट झनै चर्कियो। यसले धान उत्पादन आधासम्म घटायो। सरकारको अर्को निर्णय आयकर र उपभोग कर कटौती गर्नु थियो। सरकार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग वार्ताबाट टाढा बस्यो। मुद्रा बचाउन अत्यधिक प्रयास गरियो। तर, अवस्था थप जोखिमपूर्ण बन्दै गयो।
देशको आर्थिक परिवेश बिग्रिँदै गएपछि जनता सडकमा उत्रिए। व्यापक विरोधपछि मे २०२२ मा प्रधानमन्त्री तथा पूर्व राष्ट्रपति महिन्दा राजापक्षेले राजीनामा दिए। त्यसपछि जुलाईमा राष्ट्रपति गोटाबाया राजापक्षे पनि हटे।
तत्कालिन श्रीलंकाली राष्ट्रपति निवासमा प्रदर्शनकारी Photo : AP
‘अरगालय’ नाम दिएर सुरु भएको सरकारविरुद्धको आन्दोलनले श्रीलंकाको राजनीतिमा नयाँ मोड ल्यायो। त्यहाँ भएको विद्रोह र विध्वंशकै उपज हो दक्षिण एसियाली देश नेपाल र बंगलादेशमा भएका युवा आन्दोलन पनि।
सन् २०२२ को मे महिनामा विपक्षी सांसद रणिल विक्रमसिंघे प्रधानमन्त्री नियुक्त भए। पछि उनी २०२४ को सेप्टेम्बरसम्म कार्यवाहक राष्ट्रपति बने। यो कदम असामान्य थियो तर उनले प्रारम्भिक राहतका लागि केही प्रभावकारी कदम उठाए। सन् २०२२ को अन्त्यतिरसम्म पूर्ण निराशामा डुबेको अर्थतन्त्र २०२५ को मेसम्म उछाल आउनु धेरैको अपेक्षाभन्दा ठूलो थियो।
यति ठूलो दबाबपछि पनि श्रीलंकाको अर्थतन्त्रले नयाँ मोड लियो। २०२४ मा ५ प्रतिशतको वृद्धि हासिल गर्दै देश पुनःस्थापनाको दिशामा अघि बढ्यो।
सरकारको सक्रिय प्रयासपछि विभिन्न क्षेत्रले तीव्र वृद्धि देखाए। कृषि क्षेत्र श्रीलंकाको कुल गार्हस्थ उत्पादनको झन्डै ७ प्रतिशत हिस्सा हो। गहुँ, दाल, दुग्धजन्य पदार्थजस्ता उपक्षेत्र महत्त्वपूर्ण मानिन्छन्। कृषि क्षेत्रमा सन् २०२४ मा ८.४ प्रतिशत वृद्धि भयो र यसले करिब ६ अर्ब डलर बराबरको योगदान दियो।
सेवा क्षेत्र भने पुनःउत्थानको सबैभन्दा ठूलो आधार बन्यो। डिजिटल बजार व्यवस्थापन, होटल व्यवस्थापन र सफ्टवेयर विकासको माग बढेपछि सेवा क्षेत्र उचाइमा पुग्यो। सेवा क्षेत्र सन् २०२४ मा ५७.५ प्रतिशतले बढ्यो र यसको योगदान साढे ४८ अर्ब डलरभन्दा बढी भयो।
उद्योग क्षेत्रमा पनि ठूलो उछाल आयो। चिया, रबर र कपडाजस्ता क्षेत्रले मुख्य भूमिका खेले। उद्योग क्षेत्रको उत्पादन सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा २५.५ प्रतिशतले बढ्यो। यसले २१ अर्ब ५ करोड डलर बराबरको योगदान दियो।
हाल वित्तीय सीमाहरूका बाबजुद श्रीलंकाको अर्थतन्त्र विस्तार हुँदैछ। विश्व बैंकले सन् २०२५ का लागि ४.६ प्रतिशत वृद्धिको प्रक्षेपण गरेको छ। निजी क्षेत्रको क्रियाशीलता बढ्ने सम्भावनाले यसलाई समर्थन गरेको छ।
श्रीलंकाको कोलोम्बो सहर । Photo – REUTERS/Dinuka Liyanawatte
श्रीलंकाको उच्च साक्षरता दरले आर्थिक संकटपछि देशको पुनरुत्थानमा महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ। जनसंख्या धेरैजसो शिक्षित भएकाले श्रम बजार छिटो सक्रिय भयो, प्रविधि तथा सेवा-केन्द्रित क्षेत्रहरू चाँडै पुनर्जीवित भए भने उद्यमशिलता तथा वैदेशिक रोजगारीबाट आउने सीपमा आधारित आम्दानी पनि बढ्यो।
यो वृद्धि आशाजनक भए पनि देशले अझै केही चुनौती पार गर्नुपर्छ। अन्तर्राष्ट्रिय मुद्राकोषका उपमहानिर्देशक केन्जी ओकामुराले फेब्रुअरीमा जारी गरिएको एक वक्तव्यमा देशका सुधारहरू सफल बन्दै गइरहेको उल्लेख गरेका छन्। सफ्टलोजिक स्टकब्रोकरका अनुसन्धान प्रमुख रेयनल विक्रमरत्नेले पनि वृद्धि अनुमानभन्दा बढी भएकोले अर्थतन्त्रले सही बाटो समातेको टिप्पणी गरेका छन्।
तर, समस्याहरू अझै बाँकी छन्। कर वृद्धि भएपछि धेरै नागरिकले ठूलो रकम तिर्न हिचकिचाइरहेका छन्। यदि देशले दीर्घकालीन पुनःउत्थान चाहन्छ भने कर संकलनलाई सुनिश्चित गर्नु जरुरी छ। यसैबाट भविष्यका परियोजना र अनुदानको व्यवस्था मिल्न सक्छ।
अर्कोतर्फ, अघिल्लो सरकारले गरेको ठूलो कर कटौतीले सरकारी राजस्व घटेको थियो भने घाटा बढेको थियो। त्यसपछि सरकार खर्च बढाउँदै पैसा छाप्ने बाटोमा हिँडेको थियो। यसले समस्या थप जटिल बनाएको थियो। अहिले भने देशले खर्च नियन्त्रण, वित्तीय पुनर्संरचना र उत्पादनशील क्षेत्रमा लगानी प्राथमिकता दिनुपर्ने देखिन्छ।
श्रीलंकालाई अझै धेरै दूरी तय गर्न बाँकी छ। तर देशले सावधानीका साथ आर्थिक स्थिति निगरानी गरिराख्यो भने संकट पार गर्दै विश्वका उदाउँदो अर्थतन्त्रहरूमध्ये एक बन्न सक्ने सम्भावना प्रकट हुँदैछ।
The post इतिहासकै खराब संकट भोगेको श्रीलंकाको अर्थतन्त्र कसरी भयो ‘रिबाउन्ड’ ? appeared first on BIZMANDU.
नाडाले देखाएको रोबोटिक्सको उज्वल भविष्य, नेपाली परिप्रेक्ष्यमा कति उपयोगी छ रोबोट?
काठमाडौं। कर्पोरेट हाउसले रोबोटिक्स क्षेत्रका कम्पनीसँग सहकार्य बढाउन खोजेको छनक नाडा अटो शोले दिएको छ। काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको नाडा अटो शोले नेपालले पनि रोबोटिक्समा नयाँ कदम चालेको महसुस गराएको हो।
नाडा अटो शोमा चिनियाँ कम्पनी युनिट्रीका रोबोट प्रदर्शन गरिए। युनिट्रीका ‘जी-वान ह्युमनोइड रोबोट’ (मानव स्वरुपको रोबोट) र रोबोट डग जीओ-२ (कुकुरको स्वरुपको रोबोट) एमएडब्लू वृद्धिले नेपाल ल्याएको हो।
नाडामा रोबोट अपरेट गर्नेदेखि प्राविधिक सहायताको जिम्मा रोबोटिक्स एसोसिएसन अफ नेपालका महासचिव ओमकार जैसवालको टिमले पाएको थियो।
नाडाका कारण नै मानिसहरूमा रोबोटसम्बन्धी ‘हाइप’ बढेको जैसवालले बताए। यद्यपि, सन् २०११/१२ देखि नै एसोसिएसनले विभिन्न खालका रोबोटिक्स प्रतियोगिता गर्दै आएको थियो। इन्जिनियरिङका विद्यार्थीलाई लक्षित गरेर प्रतियोगिता हुन्थ्यो।
‘एसोसिएसनले यन्त्रको नाममा यस्ता प्रतियोगिता गर्छ, जुन विद्यार्थीहरूका लागि एक प्रकारको महोत्सव हो,’ जैसवालले भने, ‘यस पटक हामीले अण्डरवाटर रोबोटिक्स कम्पिटिसन, रोबोट वार, सफ्ट बट लगायत विभिन्न १० प्रकारका प्रतियोगिता गर्ने तयारी गरिरहेका छौं।’
‘प्रतियोगिता सुरु हुनुभन्दा केही दिन पहिलेमात्रै यी रोबोट नेपाल आएकाले पनि हामीले त्यति एक्सप्लोर गर्न पाएनौं,’ जैसवाल भन्छन्, ‘फर्स्ट जेनेरेसनकै भए पनि लाइट डिटेक्सन एण्ड रेन्जिङ (लाइडार), ४ फरक सेन्सरका आधारमा रोबोटले आफ्नो वरपर के कस्ता सामान छन् डिटेक्ट गरी एनालाइज गरेर रेसपोन्स गर्न सक्छन्।’
उनका अनुसार नाडामा राखिएका रोबोट फोन, रिमोट तथा सेन्सरका आधारमा अटोनोमस रुपमा आफैँ चलाउन मिल्ने खालका थिए।
नेपालमा रोबोटिक्सको विकास
रोबोटिक्सको क्षेत्रमा नेपाल धेरै अगाडि बढिसकेको जैसवालले महसुस गरेका छन्। उनका अनुसार रोबोट, एआई तथा ड्रोनमा संलग्न विद्यार्थीले निकै राम्रो प्रगति गरिरहेका छन्। विश्वस्तरीय इभेन्टमा पनि नेपालले राम्रो गरिरहेको छ।
यसको ज्वलन्त उदाहरण हुन् अनिल चौधरी।
उनले कक्षा १२ देखि नै रोबोटिक्समा संलग्न हुने अवसर पाए, रोबोटिक्स वर्कसपमार्फत। त्यतिबेलै उनले रोबोट भनेको के हो? प्रोग्रामिङ कसरी गरिन्छ? रोबोट  कसरी निर्माण गरिन्छ? भन्ने कुरा सिके।
वर्कसपपछि नै उनलाई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङमै स्नातक गर्ने इच्छा जाग्यो। दोस्रो सेमेस्टरबाट उनी इन्टर्नका रुपमा रोबोटिक्स एसोसिएसन अफ नेपालसँग जोडिए। ड्रोन फिल्डमा काम गर्न थाले।
उनले चीनमा आयोजित दोस्रो बेल्ट एण्ड रोड इन्टरनेसनल स्कुल कम्पिटिसनमा सहभागी भइ पीओभी, एसेम्ब्ली र मेन्टेनेन्स विधामा स्वर्ण पदक जिते। त्यहींबाट उनको रोबोटिक्स क्षेत्रको यात्राले गति लियो।
उनी नाडा अटो शोमा रोबोट अपरेट गर्ने टिममा संलग्न थिए। उनी एसोसिएसनमा रिसर्च एण्ड डेभलपमेन्ट एसोसिएट्सका रुपमा कार्यरत छन्।
रोबोटिक्सको क्षेत्र नेपालमा पनि विस्तारको क्रममा रहेको उनले बताए। एसोसिएसनले लामो समयदेखि रोबोटिक्सको क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ।
‘विद्यार्थीहरूको विकासका लागि पनि हामीले नयाँ-नयाँ कार्यक्रम संचालन गरिरहेका हुन्छौं,’ सन् २०११ देखि हालसम्म एसोसिएसनमा आबद्ध रहेका जैसवालले भने।
उनी स्कुले जीवनदेखि नै नयाँ चिज फुटाउने, जोड्ने, के-के रहेछ भनेर हेर्ने कौतुहलताका कारण थाहा नपाइकनै रोबोटिक्सको यात्रामा अघि बढेका थिए। बिस्तारै ११ र १२ मा पढ्दै गर्दा उनले रोबोटिक्स प्रतियोगिता तथा विज्ञान प्रदर्शनीमा सहभागिता जनाए। अहिले उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इभेन्ट तथा कम्पिटिसनमा काम गर्दै आएका छन्।
नेपाली परिप्रेक्ष्यमा रोबोट कति उपयोगी?
‘यसमा भएका क्यामरा तथा लाइडार प्रविधिको प्रयोग गरेर, कुनै पनि स्थानको अवस्थाबारे जानकारी लिन सकिन्छ, मानिस जान नसक्ने अथवा मानिसका लागि खतरा हुने स्थानमा रोबोटलाई पठाउन सकिन्छ,’ उनले भने।
यसमा भएको ‘सेल्फ कन्ट्रोल’ तथा ‘सेल्फ-ब्यालेन्स’ फिचर उद्धार प्रयोजनका लागि निकै उपयोगी हुने जैलवाल बताउँछन्। उनका अनुसार यसमा एआईको प्रयोग हुने भएकाले भविष्यमा यसमा अन्य फिचर पनि थपिँदै जानेछ।
‘यसलाई जति ट्रेन गरायो उति नै परफेक्ट हुँदै जान्छ,’ एसोसिएसनको रिसर्च एण्ड डेभलपमेन्ट टिमको पनि नेतृत्व गरिरहेका जैसवालले भने।
त्यसका अलावा यसलाई उद्योग, स्वास्थ्य सेवा तथा रेस्टुराँ र मनोरञ्जन क्षेत्रमा पनि व्यावसायिक रुपमा प्रयोग गर्न सकिन्छ। यस्ता अधिकांश रोबोट सीप्लसप्लस र पाइथन लगायत प्रोग्रामिङ ल्याङ्ग्वेजबाट अपरेट हुन्छन्।
नीति र लगानीको अभाव
नेपालमा रोबोटिक्सलाई वास्तविक जीवनमा प्रयोगमा ल्याउनका लागि नीति र लगानीको अभाव मुख्य चुनौती हो। कर्पोरेट हाउसहरू टेक पार्टनरसँग जोडिँदै गएको खण्डमा नेपालले यो क्षेत्रमा छलाङ मार्न सक्ने सम्भावना जैसवालले देखेका छन्।
नाडामार्फत रोबोटिक्समा नेपालले नयाँ कदम चालेको भन्दै उनले यो भविष्यका लागि फलदायी हुन सक्ने उनले आशा व्यक्त गरे।
‘तर, भोलि गएर यसलाई कमर्सियलाइज गर्न नेपालसँग पोलिसी छ त?’ उनले प्रश्न गर्दै भने, ‘यसका लागि सरकार र निजी क्षेत्र दुवैतर्फबाट उत्तिकै इफोर्ट चाहिन्छ। त्यतिबेलासम्म नेपाल टेक्नोलोजीमा पछाडि नै पर्छ।’
The post नाडाले देखाएको रोबोटिक्सको उज्वल भविष्य, नेपाली परिप्रेक्ष्यमा कति उपयोगी छ रोबोट? appeared first on BIZMANDU.
विद्युतीय गाडीको बढ्दो प्रयोगसँगै चार्जिङ फेसिलिटीको बजार पनि नयाँ स्तरमा
काठमाडौं। मुलुकमा विद्युतीय सवारीसाधन (इभी)को प्रयोग कसरी बढेको छ? प्रष्ट जान्न सडकमा हेर्नुस्। डिजल-पेट्रोल इन्जिनका सवारीसँगै काठमाडौंमा इभी उल्लेख्य संख्यामा देख्नुहुन्छ। मुलुकका प्रमुख सहरहरुमा पनि उपत्यकाका सडकमा देखिनेभन्दा दृश्य धेरै फरक पाइँदैन। चार पांग्रेमा विद्युतीयको संख्या दिनहुँ बढेको छ।
इभीको बढ्दो प्रयोगसँगै चार्जिङ सुविधाको बजार पनि नयाँ स्तरमा पुगेको छ। अब इभी लिएर सडकमा निस्किएकाहरुले मोबाइल एपमा चार्जिङ प्वाइन्टको जानकारी पाउँछन्। सडकमा कसैलाई सोधे पनि उत्तर दिनेले नौलो नमानी बताइदिन सक्छन्। विद्युत प्राधिकरणले इभी चार्जिङ प्वाइन्टहरु राखेको छ। सवारी बिक्रेताका पनि चार्जिङ प्वाइन्टहरु विस्तारित छन्। होटल-रेस्टुरेन्टले ग्राहकका लागि अब पार्किङ पूर्वाधारजस्तै चार्जिङ प्वाइन्टलाई अनिवार्यको सूचीमा राखेर व्यवस्थापन गर्दैछन्।
हेटौंडामा रहेको ट्रान्सफर्मर उद्योग नीकले चिनियाँ कम्पनीसँग मिलेर फास्ट चार्जिङ पूर्वाधार विकास गरिरहेको छ। उसले आफ्नो पहिलो स्टेसन हेटौंडामा सञ्चालनमा ल्याइसकेको छ। जहाँ इभी प्रयोगकर्ताले छिटो चार्ज हुने सुविधा पाएका छन्। इलेक्ट्रिक स्कुटर कम्पनी गोगोरोले काठमाडौं उपत्यका र आसपास गरेर झण्डै ५० वटा ब्याट्री स्वापिङ सेन्टर सञ्चालनमा ल्याएको छ। इलेक्ट्रिक स्कुटर अथरले सपिङ सेन्टरहरुमा चार्जिङ सुविधा राखेको छ।
गाडीहरुमा बीवाइडी र टाटाबीच चार्जिङ सुविधा विस्तार होडबाजीजस्तै छ। यसले इभी प्रयोगकर्तालाई अझ सहज बनाइरहेको छ। चार्जिङ प्वाइन्ट सवारी निर्माता, बिक्रेता वा विद्युत प्राधिकरणले मात्रै राख्ने होइनन्, यो त होटल रेस्टुरेन्टले, ठुला सभा सेमिनार आयोजना हुने पार्टी प्यालेस तथा भवनले वा बैंक तथा वित्ती संस्था तथा कर्पोरेट हाउसहरुले आफैं पनि राख्न सक्छन्। काठमाडौंका विभिन्न स्थानमा राखिरहेका पनि छन्। लागत र स्पेस केही चाहिने भए पनि यो त एक प्रकारले मोबाइलको चार्जर राखे जस्तै त हो।
भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा केही कम्पनीहरूले इभी चार्जिङको पूर्वाधारसम्बन्धी स्टल राखेका छन्। यी कम्पनीहरूले इभी चार्जिङको व्यवसाय गर्न चाहनेहरूलाई पूर्वाधार निर्माणमा सहयोग गर्छन्।
सन् २०२० मा स्थापना भएको क्राफ्ट आईटी केही वर्षमै उच्चस्तरीय इभी चार्जरको प्रमुख प्रदायकको रूपमा स्थान बनाउन सफल भएको छ। उच्च प्रदर्शन गर्ने र वातावरणमैत्री चार्जिङ सोलुसनमार्फत कम्पनीले प्रविधि र दिगोपन दुवैमा सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको निर्देशक विरायस सापकोटाले बताए।
क्राफ्ट आईटीले एसी र डीसी चार्जर उपलब्ध गराउँछ। एसी चार्जर ३.५ किलोवाटदेखि २२ किलोवाटसम्मका छन् भने डीसी चार्जर ३० किलोवाटदेखि १२० किलोवाटसम्मका छन्। ‘एसी चार्जर जडान गर्न २५ हजारदेखि १ लाख ८० हजार रुपैयाँसम्म खर्च पर्छ,’ सापकोटाले भने, ‘डीसी चार्जर जडान गर्न भने ३ लाख ५० हजारदेखि १५ लाख रुपैयाँसम्म लागत लाग्छ।’
३.५ किलोवाट एसी चार्जर घरायसी प्रयोजनका लागि उपयोगी मानिन्छ। इभी प्रयोगकर्ताले घरमै सहज र भरपर्दो चार्जिङ सुविधा चाहेमा यो चार्जरले मध्यम गतिमा चार्ज गर्ने भएकाले रातभरि राख्दा बिहानसम्म ब्याट्री पूरा हुने उनले बताए। यो चार्जर कार्यालयमा पनि उपयुक्त हुने उनको भनाइ छ।
७ किलोवाट एसी चार्जर घरायसी प्रयोगकर्ताका लागि अझै आकर्षक छ। यसले ३.५ किलोवाट चार्जरभन्दा छिटो चार्ज गर्छ। ‘यसले ग्यारेज वा घर अगाडिको ड्राइभवेमा सजिलो चार्जिङ सुविधा दिन्छ,’ उनले भने, ‘घरधनीले छिटो र दक्ष चार्जिङ चाहने भए यो उपयुक्त मानिन्छ।’
७ किलोवाट एसी चार्जर पोर्टेबल युनिटमा पनि उपलब्ध रहेको उनले जानकारी दिए। यो खासगरी यात्रामा जाँदा वा चार्जिङ पूर्वाधार नभएका स्थानमा उपयोगी हुने उनको भनाइ छ। यसलाई जहाँपनि सँगै लैजान सकिन्छ र बिजुलीको प्लग उपलब्ध हुने स्थानमा प्रयोग गर्न सकिन्छ।
डीसी चार्जर ३० किलोवाट, ६० किलोवाट र १२० किलोवाट क्षमतामा उपलब्ध छन्। यी छिटो चार्ज गर्ने भएकाले लामो दूरी यात्रा गर्ने इभीका लागि उपयुक्त हुने सापकोटा बताउँछन्।
‘राजमार्ग किनारमा राख्दा यात्रीहरूले छोटो समयमा चार्ज गरेर यात्रा निरन्तर गर्न सक्छन्। सहरभित्र पनि यी चार्जर लोकप्रिय छन्। व्यस्त सहरी क्षेत्रमा १२० किलोवाटका चार्जरले छोटो समयमा चार्ज गर्न सक्छन्। त्यस्तै, ३० किलोवाटका चार्जर तुलनात्मक रूपमा सस्तो हुने भएकाले वैकल्पिक विकल्प हुन सक्छन्,’ उनले भने।
क्राफ्ट आईटीका निर्देशक सापकोटाका अनुसार सुरुवातमा बजार बनाउन र ग्राहकलाई विश्वास दिलाउन गाह्रो थियो। अहिले भने माग क्रमिक रुपमा बढिरहेको उनले बताए।
उनले भने, ‘क्याफे, रेस्टुरेन्टजस्ता व्यवसायसँगै चार्जिङ सुविधा राखे अझै राम्रो हुन्छ, किनकी यसमा ठूलो लगानी लाग्छ। नेपाल विद्युत प्राधिकरणबाट ट्रान्सफर्मर लिनुपर्ने भएकाले लागत अझै बढ्न सक्छ।’
अर्को कम्पनी एयर चार्जले पनि पूर्ण इभी सोलुसन उपलब्ध गराउने दाबी गर्छ। कम्पनीले पनि एसी र डीसी चार्जर उपलब्ध गराउँदै आएको एयर चार्जका सेल्स एण्ड मार्केटिङ म्यानेजर विनय खड्काले जानकारी दिए।
एयर चार्जको जीबीटी डिस्पेन्सरको क्षमता २४० किलोवाटसम्म छ। अर्को उत्पादन पावर क्याबिनेट हो, जसमा ४० किलोवाट क्षमताका १२ ब्याट्री राख्न सकिन्छ। यसमा १२ वटा चार्जिङ गन हुन्छन्। यसलाई इन्स्टल गर्न ४० लाख रुपैया जति खर्च लाग्ने उनको भनाइ छ।
त्यस्तै, कम्पनीका ८० किलोवाट क्षमताको स्ट्यान्डअलोन चार्जर पनि छन्। यसमा ४० किलोवाटका दुई गन हुन्छन्। यसको इन्स्टलेसन खर्च १२ लाख ५० हजार पर्छ।
यी चार्जरमा ७ इन्चको टच स्क्रिन छ। यसमा कोड स्क्यान, आरएफआईडी वा प्लग एण्ड प्ले विधिबाट चार्जिङ गर्न सकिने खड्काले बताए।
‘यसमा रिमोट बिलिङ र भुक्तानी गर्न सकिन्छ। बीएलई, वाइफाइ र फोरजीमार्फत एप नियन्त्रण गर्न सकिन्छ। ८ प्रकारका सुरक्षा सुविधा र आपतकालीन अवस्थामा एक बटनले चार्जिङ बन्द गर्ने सुविधा छ,’ सेल्स एण्ड मार्केटिङ म्यानेजर खड्काले भने।
त्यस्तै, कम्पनीले ३.७ किलोवाटको पोर्टेबल ईभी चार्जर पनि बजारमा ल्याएको छ। यसलाई सजिलै गाडीमा बोक्न सकिन्छ। यसमा ३.५ इन्चको एलइडी स्क्रिन छ भने यसले एप नियन्त्रण वा प्लग एण्ड चार्जमार्फत चार्ज गर्न सकिने उनले जानकारी दिए।
७, ११ र २२ किलोवाटका एसी इभी चार्जर पर्खाल वा पोलमा सजिलै जडान गर्न सकिन्छ। घरायसी वा व्यावसायिक दुवै प्रयोगका लागि यो उपयुक्त हुने खड्काको भनाइ छ। यी चीनमा उत्पादित चार्जर हुन्।
एयर चार्जले नेपालभर २०० वटा ‘सेल्फ ओन्ड’ चार्जिङ स्टेशनको नेटवर्क संचालन गरिरहेको छ। यी सुविधा विस्तार हुँदै गएपछि नेपालमा इभी प्रयोग अझै प्रोत्साहन हुने उनको भनाइ छ।
The post विद्युतीय गाडीको बढ्दो प्रयोगसँगै चार्जिङ फेसिलिटीको बजार पनि नयाँ स्तरमा appeared first on BIZMANDU.
नाडा अटो शोमा ‘मेड इन नेपाल’ उत्पादन : लुब्रिकेन्टदेखि टायरसम्ममा नेपाली पहिचान
काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ का केही विशेष स्टलहरूले दर्शकको ध्यान तानिरहेका छन्। यसकारण कि ती स्टलहरूमा नेपालमै उत्पादन भएका सवारीसाधनसँग सम्बन्धित सामानहरू प्रदर्शनमा छन्।
नेपाली ब्रान्ड र उत्पादनहरू हेर्दा धेरै अवलोकनकर्ताले गर्व महसुस गरेका छन्। लुब्रिकेन्ट आयल, ब्याट्री, हेल्मेट र टायर उत्पादन गर्ने कम्पनीहरूले आफ्ना उत्पादनहरू अटो शोमा देखाएका छन्।
यी सबैलाई अवलोकन गर्न आएका उपभोक्ताले नेपाली उद्योगको भविष्य उज्ज्वल भएको बताएका छन्।
लुब्रिकेन्टमा अग्रसर पूर्वाञ्चल ल्युब आयल
मोरङको  सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोकमा रहेको पूर्वाञ्चल ल्युब आयल प्रालि (पीएलओ) ले नाडा अटो शोमा आफ्ना ब्रान्ड पीएलओ, स्टार र मेगा अन्तर्गतका उत्पादन प्रदर्शनमा राखेको छ। दुई पांग्रेदेखि चार पांग्रे सबै प्रकारका सवारीका लागि प्रयोग हुने यी लुब्रिकेन्ट तेल अहिले नेपालमा व्यापक रुपमा प्रयोगमा छन्।
सन् २००३ मा स्थापना भएको यस कम्पनीको यात्रा सानो ब्लेन्डिङ प्लान्टबाट सुरु भएको थियो। सुरुमा सामान्य इन्जिन र गियर आयल उत्पादन गर्ने कम्पनी अहिले देशकै प्रमुख लुब्रिकेन्ट उत्पादक बनेको बताउँछन् कम्पनीका मार्केटिङ म्यानेजर यदवचन्द्र अधिकारी।
सन् २००८ सम्ममा कम्पनीले पूर्वका जिल्लामा राम्रो विश्वसनीयता कमाइसकेको थियो। पछि मल्टी-ग्रेड इन्जिन आयल, हाइड्रोलिक आयल, ग्रिजदेखि औद्योगिक प्रयोजनसम्मका उत्पादन थप्दै कम्पनीले बजार विस्तार गरेको अधिकारीको भनाइ छ।
हाल पीएलओले सबै ७ प्रदेशमा डिलर नेटवर्कमार्फत सेवा दिइरहेको उनले बताए। बजार विस्तारसँगै कम्पनीले अनुसन्धान, वातावरणमैत्री प्याकेजिङ र डिजिटल प्रविधिमा पनि जोड दिएको छ।
‘हामी अझ दिगो, किफायती र गुणस्तरीय लुब्रिकेन्ट उत्पादन गरेर नेपाललाई आत्मनिर्भर बनाउन चाहन्छौँ,’ अधिकारीले भने।
एशियन ब्याट्रीज : ९० प्रतिशत कच्चा पदार्थ नेपालकै
सन् २०१३ देखि उत्पादन सुरु गरेको एशियन ब्याट्रीज अहिले नेपालकै अग्रणी ब्याट्री उत्पादक बनेको छ। यस कम्पनीले दुई पांग्रे मोटरसाइकलदेखि कार, ई-रिक्सा र सौर्य प्रणालीका लागि ब्याट्री बनाउँछ। नाडा अटो शोमा कम्पनीले विभिन्न सिरिजका ब्याट्री प्रदर्शन गरेको छ।
अटोमोटिभ सिरिजका ब्याट्री कार र युटिलिटी सवारीका लागि बनाइएका छन्। लामो समय टिक्ने, कम मर्मत आवश्यक हुने र उच्च उर्जा घनत्व भएका यी ब्याट्रीलाई धेरैले रुचाएका छन्। इभीका लागि कम्पनीले ट्युबुलर इभी ब्याट्री ल्याएको शाखा प्रबन्धक नेत्र दाहालले जानकारी दिए। ई-रिक्साका लागि बनाइएका यी ब्याट्री दिगो शक्ति र फास्ट चार्जिङ क्षमतासहित बजारमा आएका छन्।
यस्तै, घरायसी र कार्यालय प्रयोजनका लागि ट्युबुलर ब्याट्री, मोटरसाइकलका लागि ब्याट्री र सौर्य प्रयोजनका लागि विशेष ब्याट्री पनि कम्पनीले उत्पादन गर्छ।
कम्पनीले ९० प्रतिशत कच्चा पदार्थ नेपालकै प्रयोग गर्ने गरेको दाहालले बताए। ‘करिब १० प्रतिशत मात्र, विशेष गरी लिड अक्साइड, बाहिरबाट आयात गर्छौँ,’ दाहालले भने।
उनका अनुसार कम्पनीले एशिया र अन्य मुलुकमा २१ उत्पादन प्लान्ट संचालन गरिरहेको छ भने १५ हजार भन्दा बढी जनशक्तिलाई रोजगारी दिएको छ।
केपीआई हेल्मेट : नेपाली हातले बनेको सुरक्षा
कोहिनूर प्लास्टिक इन्डस्ट्रिजले उत्पादन गर्ने केपीआई हेल्मेट आइएसओ र आइएसआइ प्रमाणित उत्पादन हुन्। लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिकामा अत्याधुनिक कारखाना रहेको यस कम्पनीले हाल १२ मोडलका हेल्मेट उत्पादन गर्छ।
विसं २०७१ सालमा चार मोडलसहित हेल्मेट उत्पादन सुरु गरेको कम्पनीको अहिले दिनमा तीन हजार हेल्मेट उत्पादन गर्ने क्षमता छ। तर, अहिले १८०० देखि २००० मात्र उत्पादन भइरहेको छ।
‘नेपाली उत्पादनप्रति बजारमा माग बढ्दै गएको छ। मानिसहरू चकित छन् कि यस्तो स्तरको हेल्मेट नेपालमै उत्पादन भइरहेको छ। यसले गर्वको अनुभूति दिएको छ,’ कम्पनीका प्रबन्धक वसन्त पौडेलले भने।
उनले चीन, थाइल्यान्ड र भारतबाट उच्च गुणस्तरीय कच्चा पदार्थ आयात गरेर नेपालमै हेल्मेट उत्पादन गरिरहेको जानकारी दिए। कम्पनीले बाइकका लागि लेग गार्ड पनि बनाउँछ।
ग्रीन टायर्स : पहिलो नेपाली टायर कम्पनी
ग्रीन टायर्स प्रालि नेपालकै पहिलो टायर निर्माण कम्पनी भएको संचालक विकास सिंघानियाको दाबी छ। उनका अनुसार हाल कम्पनीले मोटरसाइकल, तीन पांग्रे र ट्र्याक्टरसहित सबै प्रकारका लागि टायर उत्पादन गर्दै आएको छ।
पहिलो चरणमा दुई पांग्रेका टायर उत्पादन गरेर सुरु गरेको कम्पनीले अहिले बस, ट्रक र टेम्पोसम्मका सवारी साधनका लागि टायर बनाइरहेको उने बताए।
‘कम्पनीले दुई ब्रान्डमार्फत बजार विस्तार गरेको छ’ उनले भने, ‘डेल्टा टायर्स दुई पांग्रे र तीन पांग्रे सवारीका लागि लक्षित छ भने शेर्पा टायर्स सबै खाले सवारीसाधन, विशेष गरी कृषिमा प्रयोग हुने सवारीका लागि हो।’
कम्पनीको उत्पादन क्षमता दैनिक ६ लाख टायर रहेको उनले जानकारी दिए। हाल उत्पादनको सातौँ वर्षमा रहेको कम्पनीले २५ भन्दा बढी आकारका टायर बजारमा ल्याएको सिंघानियाको भनाइ छ।
तर, बजारमा ‘प्राइस वार’ कडा रहेको सिंघानियाले बताए।
‘नेपालमा कुनै आधिकारिक स्ट्यान्डर्ड सर्टिफिकेट नभएकाले हामीले सवारी निर्माता कम्पनीसँग सहकार्य गर्न सकिरहेका छैनौँ। तर, हामी भारतीय स्ट्यान्डर्ड सर्टिफिकेट लिन प्रयासरत छौँ,’ उनले भने।
उनका अनुसार टायर बनाउन करिब २ सय प्रकारका कच्चा पदार्थ चाहिन्छ। जसमा रबर, ब्ल्याक कार्बन र स्टिल प्रमुख हुन्। यी कच्चा पदार्थहरू कम्पनीले विभिन्न देशहरूबाट आयात गर्ने गरेको छ।
नाडा अटो शोमा सहभागी नेपाली कम्पनीहरूले नेपाल अब आत्मनिर्भरताको बाटोमा रहेको सन्देश दिएका छन्। लुब्रिकेन्टदेखि ब्याट्री, हेल्मेट र टायरसम्म नेपालमै उत्पादन गरेर बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा उनीहरू पुगेको छन्।
अवलोकनकर्ताहरूले पनि यस्ता उत्पादन देखेर उत्साह व्यक्त गरेका छन्। उनीहरूका अनुसार नेपालमा बनेका वस्तु किफायती मात्र नभई गुणस्तरीय र विश्वसनीय हुन थालेका छन्।
उद्योग प्रतिनिधिहरूले भने बजार विस्तार र अन्तर्राष्ट्रिय मान्यता हासिल गर्न अझै धेरै सहयोग र नीति आवश्यक रहेको बताएका छन्।
The post नाडा अटो शोमा ‘मेड इन नेपाल’ उत्पादन : लुब्रिकेन्टदेखि टायरसम्ममा नेपाली पहिचान appeared first on BIZMANDU.
नाइमा एक्स्पोमा कमर्सियल इभीमा झुम्मिए ग्राहक, कस्ता फिचर चाहन्छन् ?
काठमाडौं। नेपाली सडकमा विद्युतीय सवारी साधनको संख्या तीव्र गतिमा बढ्दै गएसँगै अटो व्यवसायीले कमर्सियल इभी भित्र्याउने क्रम बढेको छ।
इन्धन गाडीको तुलनामा सञ्चालन खर्च कम हुने भएकाले अटो व्यवसायीले कमर्सियल इभी भित्र्याउने क्रम बढेको हो।  सामान बोक्न, छोटो तथा मध्यम दूरीमा यात्रु ओसारपसार गर्न, सहरी क्षेत्रमा दैनिक आपूर्ति सेवा दिन अबका दिनमा इभीको प्रयोग तीव्र हुनेमा व्यवसायीहरु आशावादी छन्।
नेपाली बजारमा हाल विभिन्न कम्पनीका व्यावसायिक इभीका मोडल उपलब्ध छन्। त्यसमध्ये केही भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा राखिएका छन्।
नाइमा एक्स्पोमा केरीको केभान १ इभी र केभान २ इभी, सनलङको इभी यू-१, इभी यू-२, इभी यू-२ एलआर र इभी यू-३, कामाको इभी इडब्लू-१ र इडब्लू-२, स्काईवर्थको इभी-डी११ र किटनको एम-७० को स्टलमा बढी भिडभाड देखियो। यी सबैको डिजाइन, क्षमता र प्रविधि नेपालका सडक र व्यापारिक आवश्यकतामा मेल खाने खालका छन्।
व्यावसायिक इभीका स्टलमध्ये स्काईवर्थ र किटनले धेरैलाई आकर्षित गरे। स्काईवर्थले व्यावसायिक र बहुउपयोगी विद्युतीय भ्यान बजारमा उपलब्ध गराएको छ।
स्काईवर्थ इभी-डी११ को अग्लो र फराकिलो भित्री भाग भएको डिजाइनले धेरैलाई आकर्षित गरेको बिक्रेता कम्पनीका एरिया सेल्स इन्चार्ज सुवास रेग्मीले बताए। यात्रु र लगेजका लागि पनि यो गाडी सहज देखिन्छ।
‘आधुनिक डिजाइन र आरामदायी ड्राइभिङ अनुभवका कारण व्यवसाय र निजी दुवै क्षेत्रका लागि यो उपयोगी हुनसक्छ,’ उनले भने, ‘यसको ब्याट्री दिगो छ र एकपटक चार्ज गर्दा ३०० किलोमिटर रेन्ज दिन्छ।’ मेटल फ्रेम भएको गाडीको ग्राउन्ड क्लियरेन्स २२० एमएम छ।
किटनको एम-७० सानो व्यावसायिक भ्यान हो। नेपालका सडक र व्यावसायिक आवश्यकताअनुसार यो भ्यान धेरैले रुचाएको सुवासले सुनाए। गाडीको आकार सानो भए पनि भित्र पर्याप्त लोड स्पेस रहेको भन्दै उनले यसलाई गाउँ तथा सहर दुवै क्षेत्रमा प्रयोग गर्न सकिने बताए।
छोटो घुम्तीमा पनि घुम्न सक्ने भएकाले यसलाई भिडभाडयुक्त सडकमा पनि सजिलै चलाउन सकिने उनको भनाइ छ। १९ सिटे स्काईवर्थ इभी-डी११ लाई ६९ लाख ९९ हजार रुपैयाँ पर्छ। ७ सिटे किटनको एम-७० को मूल्य ३५ लाख ९० हजार रुपैयाँ छ।
त्यस्तै, हल्का व्यावसायिक प्रयोजनका लागि बनाइएको केरीको केभान-१ इभी कम्प्याक्ट आकारको भए पनि स्पेसियस भएको लक्ष्मी ग्रुपका मार्केटिङ अफिसर सगुन रजौरेले बताए।
चिनियाँ कम्पनी चेरी कमर्सियन भेहिकलले निर्माण गरेको यो गाडी एलएक्सजी मोटर्सले नेपालमा ल्याएको हो। १५ सिटे यो गाडी सहरी सडक लक्षित हो। केभान-२ इभीमा १६ प्यासेन्जर सिट छ। सिट क्षमता बाहेक यी दुई मोडलमा फिचर भने उस्तै छन्।
नेपालमा डेलिभरी सेवा तथा स्थानीय यातायातका लागि यी मोडल उपयोगी हुन सक्छन्। विशेषगरी, स्कुल बस प्रयोजनका लागि पहेलो रंगमा र अन्य प्रयोजनका लागि खैरो रंगमा उपलब्ध छ। केभान-१ इभीको मूल्य ५८ लाख ५६ हजार रुपैयाँ र केभान-२ इभीको ६३ लाख ६ हजार रुपैयाँ तोकिएको छ।
सनलङको इभी यू-१, इभी यू-२, इभी यू-२ एलआर र इभी यू-३ यात्रु तथा ठूलो मात्रामा सामान ढुवानीका लागि प्रयोग गर्न सकिने गाडी भएको बिक्रेता कम्पनीका सेल्स पर्सन आदित्य गेलालले बताए।
१२ सिटे इभी यू-१ तुलनात्मकरुपमा सानो आकारको छ।
त्यसैगरी १३ सिटे इभी यू-२ र १४ सिटे इभी यू-२ एलआर मध्यम आकारको गाडी हो। यी गाडीमा लामो दूरीमा चल्न सक्ने क्षमता छ।
१३ सिटे इभी यू-२ को रेन्ज ३५० किलोमिटर र १४ सिटे इभी यू-२ एलआरको ३९० किलोमिटर रहेको कम्पनीको दाबी छ। इभी यू-३ भने कार्गो ट्रक हो। यसमा १.४ टन सामान बोक्न सक्ने क्षमता छ।
इभी यू-१ को मूल्य ४७ लाख ४७ हजार, इभी यू-२ को ५१ लाख ५१ हजार, इभी यू-२ एलआरको ५६ लाख ९५ हजार र इभी यू-३ को मूल्य २७ लाख ९० हजार रुपैयाँ छ।
कामाको इभी इडब्लू-१ र इडब्लू-२ मध्यम आकारका कार्गो भ्यान हुन्। यी गाडी विशेषगरी औद्योगिक क्षेत्र, होलसेल डेलिभरी र ग्रामीण बजारमा आपूर्तिका लागि उपयुक्त हुने बिक्रेता कम्पनी मेगा मोटर्सका सेल्स अफिसर मनिष आचार्यले जानकारी दिए।
उनका अनुसार इडब्लू-१ सामान धेरै बोक्न सक्ने क्षमताको छ। इडब्लू-२ हल्का आकारको र छोटो दूरीमा दैनिक डेलिभरीका लागि उपयुक्त छ। दुवै मोडेल व्यावसायिक आवश्यकता पूरा गर्ने गरी तयार पारिएको आचार्यको भनाइ छ।
यी गाडीमा १.५ टनसम्म सामान राख्न मिल्छ। इभी इडब्लू-१ को मूल्य २५ लाख ९० हजार र इडब्लू-२ को २५ लाख ७० हजार रुपैयाँ छ।
ग्राहकका रुचीमा कस्ता गाडी?
इभीको मामलामा नेपाली उपभोक्ता दिगो सोच राख्छन्। इन्धनको बढ्दो मूल्यबाट कतिपय व्यावसायी आजित छन्। त्यसैले उनीहरू संचालन खर्च कम हुने गाडी चाहन्छन्।
प्रडक्सन हाउस संचालन गरिरहेका स्वयम्भूका नवीन पाल ठकुरीले आफू कार्यालयको संचालन खर्च कटौती गर्न सोही किसिमका गाडीको खोजीमा रहेको बताए।
‘अब इभीको रिसेल भ्यालु त छैन नै,’ उनले भने, ‘त्यसैले मूल्य जति सस्तो भयो त्यति राम्रो।’ इभीको मर्मत खर्च कम हुने र पेट्रोल वा डिजेल गाडीको तुलनामा बिजुलीमा कम लागत पर्ने भएकाले पनि उनी इभीमा आकर्षित छन्।
लोड क्षमता र स्पेस पनि धेरै उपभोक्ताका लागि महत्त्वपूर्ण छ। सानो थिमिका डीबी मगर नेपालमा डेलिभरी सेवा, होलसेल आपूर्ति र यात्रु ओसारपसारका लागि पर्याप्त सामान राख्ने ठाउँ र उच्च तौल क्षमताका गाडी चाहिने बताउँछन्।
एक्स्पोमा भेटिएका सिरहाको लहानका सीताराम साहले इभीको रेन्जमा बढी चासो दिए। विशेषगरी, चार्जिङ पूर्वाधार सीमित भएको अवस्थामा एकपटक चार्ज गरेर लामो दूरी तय गर्न सकिने खालको गाडी उपयुक्त हुने उनी बताउँछन्।
‘चार्जिङ सुविधा र समय पनि महत्त्वपूर्ण छ। घरमा वा व्यावसायिक स्थानमा रातभर चार्ज गर्न सक्ने र आवश्यक परे छिटो चार्जिङ गर्न सक्ने सुविधा हुनुपर्छ,’ उनले भने।
लामो समय सडकमा बिताउने ड्राइभरका लागि आरामदायी सिट, एसी र सुरक्षित ब्रेकिङ प्रणाली आवश्यक हुने उनको भनाइ छ।
The post नाइमा एक्स्पोमा कमर्सियल इभीमा झुम्मिए ग्राहक, कस्ता फिचर चाहन्छन् ? appeared first on BIZMANDU.
महँगा बाइकको आकर्षण : राम्रो लुक्स, ध्यानाकर्षण गर्ने आवाज र हाइस्पीड मोडलहरु तन्नेरीका रोजाइमा
काठमाडौं। महँगा हाइ एण्ड मोटरबाइक केही वर्षअघिसम्म धेरै युवाका लागि महत्त्वाकांक्षा मात्रै हुन्थ्यो। यस्ता बाइक चढ्ने सपना हुँदाहुँदै पनि मिड रेन्जको बाइकमा चित्त बुझाइ रहेका हुन्थे उनीहरू।
हालका वर्षहरूमा भने युवाबीच बढ्दो आर्थिक स्वतन्त्रता र किस्ताबन्दी जस्ता सुविधाले उनीहरूमा महँगा बाइक चढ्ने आँट पलाएको छ। त्यसैले पनि होला भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रदर्शनका लागि राखिएका प्रिमियम बाइकले धेरै युवालाई आकर्षित गरेको छ।
यसले नेपाली युवा पुस्ता महँगो र प्रिमियम बाइकप्रति आकर्षित हुँदै गएको झल्काउँछ। १० लाखभन्दा बढी मूल्य पर्ने बाइकहरू किन्ने युवाको संख्या यतिबेला बढ्दो छ।
के-के कुराले युवालाई महँगो र प्रिमियम बाइकप्रति आकर्षित गरिरहेको छ त?
स्टाटस सिम्बल बन्यो प्रिमियम बाइक
बाइक युवाका लागि केवल सवारीसाधन मात्रै नभइ यो उनीहरूको पहिचान बनेको छ। थुप्रैले बाइकलाई आफ्नो व्यक्तित्वसँग जोडेर हेर्छन्।
राम्रो लुक्स, ठूलो आवाज र स्पिड भएको बाइक चलाउँदा छुट्टै गर्व महसुस हुने बताउँछन् नाइमा एक्स्पोको केटीएम स्टलमा भेटिएका युनिस श्रेष्ठ। यस्तो बाइक चलाउँदा साथीभाइबीच शान बढ्ने भएकाले पनि धेरै युवा यसमा आकर्षित भएको उनको तर्क छ।
रोयल इनफिल्डको हिमालयन चढेर यसका फिचरहरू नियालिरहेकी जेनीलाई लाग्छ सामाजिक सञ्जालले महँगा बाइक चढ्ने युवाको मोहलाई अझ बढाएको छ।
‘महँगा बाइक कुदाएको फोटो तथा भिडियो इन्स्टाग्राम, टिकटक, युट्युबजस्ता प्लेटफर्ममा छ्यापछ्याप्ती छन्। जसले पनि मोटो भ्लगिङ गर्न थालेका छन्। यसले अन्यलाई पनि लोभ्याएको छ,’ उनले भनिन्।
बाइकसहितको जीवनशैली देखाएर धेरैले आफ्नो फ्यान बेस बनाइरहेको उनलाई लाग्छ। युवाले सेलिब्रिटी र इन्फ्लुएन्सरहरूको अनुसरण गर्ने भएकाले पनि उनीहरूमा त्यस्तै बाइक किन्ने इच्छा बलियो हुन थालेको उनी बताउछिन्।
‘साथीभाइबीच पनि यस्ता बाइक किन्ने होड छ,’ उनी भन्छिन्, ‘कसैले महँगो बाइक किन्यो भने अरूलाई पनि त्यस्तै बाइक चाहिन्छ। बाइक क्लबहरूमा सामेल हुन वा ग्रुप टुरिङ गर्न यस्तो बाइक अनिवार्यजस्तै बनेको छ।’
यसले सामाजिक दबाब सिर्जना गरेको उनको बुझाइ छ।
किस्ताबन्दीले पूरा गर्दैछ महँगो बाइकको सपना
नाइमा मोबिलिटी एक्सपोमा राखिएको सबै बाइक ५० देखि ६० प्रतिशत रकम तिरेर मासिक किस्ताबन्दी पाइन्छ। अर्थात १०-१२ लाख पर्ने बाइकहरू ५-६ लाख तिरेर किन्न सकिन्छ। यसले पनि प्रिमियम बाइक चढ्ने धेरैको सपनालाई पूरा गरेको छ।
किस्ताबन्दीमा बाइक लिने सुविधाले युवालाई सहज भएको केटीएमका मार्केटिङ म्यानेजर बिकेश श्रेष्ठले बताए।
‘५० देखि ६० प्रतिशत डाउनपेमेन्ट गरेपछि ११.९९ प्रतिशत ब्याजदरमा केटीएमका बाइक किन्न पाइन्छ’ श्रेष्ठले भने, ‘यसले युवालाई ढुक्कसँग बाइक किन्ने निर्णय लिन सक्ने बनाएको छ।’
प्रिमियम बाइकका आकर्षक फिचर
केही युवा बाइकप्रति साँच्चिकै उत्साहित छन्। उनीहरू स्पिड, पर्फरमेन्स र डिजाइनलाई प्राथमिकता दिन्छन्।
बाइकको शक्तिशाली इन्जिन र ब्रान्ड नामले उनीहरूलाई तान्ने गरेको अल्फा अटोमोटिभका सेन्ट्रल सेल्स म्यानेजर दीपक थापाले बताए। त्यसैले रोयल इन्फिल्ड ब्रान्डप्रति युवाको आकर्षण बढेको उनको भनाइ छ।
लामो यात्रामा निस्किन चाहने युवाले यसको ड्युरेबिलिटी, स्विचेबल एबीएस, कनेक्टिभिटी र अफरोड क्यापेबिलिटीका कारण हिमालयन बाइक रुचाउने थापा बताउँछन्। १० लाख ४० हजार रुपैयाँ पर्ने यो बाइक ६० वर्ष उमेरसम्मका व्यक्तिले चढिरहेको उनको भनाइ छ।
त्यस्तै, हाइस्पिडको मजा लिन युवाले सीएफ मोटोको साढे १३ लाख रुपैयाँ पर्ने ४५० एसआर-एस र साढे १२ लाख पर्ने ४५० एमटीमा रुची देखाएको कम्पनीका हेड अफ कस्टोमर रिप्रेसेन्टेटिभ निकेश महर्जनले बताए।
यसमा रहेका स्मार्ट फिचरले पनि युवालाई तानेको उनको भनाइ छ।
युवामा बढ्दो आर्थिक स्वतन्त्रता
नेपालका सहरी क्षेत्रमा पछिल्लो समय युवाका लागि आय आर्जनका अवसरहरू बढेका छन्। टेक, फ्रिलान्स, अनलाइन व्यापार तथा स्टार्टअपमा लागेका युवाहरूको आम्दानी अब पहिलेभन्दा बढेको छ।
यो आर्थिक स्वतन्त्रताले उनीहरूलाई चाहेको चिजमा खर्च गर्ने मनोवृत्ति दिएको छ। कतिपय युवाले बाइकलाई स्वतन्त्रताको प्रतीकका रूपमा पनि लिन्छन्। उनीहरू आफ्नो बाटो आफैँ बनाउने चाहना राख्छन्। परम्परागत जीवनशैलीभन्दा फरक केही गर्न खोज्ने युवाका लागि बाइक जीवनशैलीकै हिस्सा बनेको छ।
बाइक कम्पनीहरूले पनि युवामै लक्षित गरेर विज्ञापन गर्छन्। उनीहरू भावनात्मक रुपमा बाँधिने खालका कथा बनाउँछन्। साहस, स्वतन्त्रता, साहसिकता जस्ता कुरालाई जोडेर ब्रान्डिङ गरिन्छ। यसले युवामाथि गहिरो प्रभाव पार्छ।
The post महँगा बाइकको आकर्षण : राम्रो लुक्स, ध्यानाकर्षण गर्ने आवाज र हाइस्पीड मोडलहरु तन्नेरीका रोजाइमा appeared first on BIZMANDU.
केही वर्षअघिसम्म कल्पना पनि नगरिएका स्मार्ट फिचर अब दुई पांग्रे सवारीमा
काठमाडौं। नयाँ मोडलका दुई पांग्रे सवारीसाधन यतिबेला अत्याधुनिक फिचरले सुसज्जित छन्। यस्ता फिचर जुन केही वर्षअघिसम्म दुई पांग्रे सवारीमा आउला भनेर कल्पना पनि गरिएको थिएन।
विशेषगरी नयाँ विद्युतीय बाइक तथा स्कुटर फिचर लोडेड भएर आएका छन्। पहिले चार पांग्रेमा हुने फिचर अहिले दुई पांग्रेमै पाउन थालिएको छ।
नयाँ मोडलका दुई पांग्रे इभीमा अहिले ‘रिभर्स’ मोड अनिवार्य जस्तै भएका छन्। कृत्रिम बुद्धिमता (एआई)देखि हिल होल्डसम्मका फिचरले दुई पांग्रेलाई अझ ‘फ्युचरिस्टिक’ बनाएको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रदर्शनका लागि राखिएका इभी बाइक तथा स्कुटरमा यस्ता विभिन्न फिचर छन्।
आधुनिक फिचरसहितका बाइक र स्कुटरमा युवा पुस्ताको रुची बढि देखिएको छ नाइमा अटो शोमा। विशेष गरेर अहिले सेफ्टी प्रोटोकलसहितका बाइक र स्कुटर आउँदा यसतर्फ थप आकर्षण बढेको छ।
नेभिगेसन डिस्प्ले
अहिले हरेकजसो दुई पांग्रे इभीमा डिजिटल डिस्प्ले पाउन सकिन्छ। एथरको रिज्ता लगायत केही इभीमा डिस्प्लेमा नै नेभिगेसनको फिचर पनि राखिएको छ।
रिज्तामा गुगलको आधिकारिक नेभिगेसन रहेको एथर नेपालका बिजनेस डेभलपमेन्ट हेड प्रदीप अधिकारीले बताए। ड्यासबोर्डमा नै गुगल नेभिगेसन भएको उनले बताए।
डिजिटल डिस्प्ले हुँदा ब्लुटुथमार्फत मोबाइलमा आएको कलको नोटिफिकेसन पाउन सकिन्छ भने म्युजिक लगायत  इन्टरटेनमेन्ट कन्ट्रोल पनि गर्न सकिन्छ। यो फिचर एथर, याडिया, सेगवे, सीएफ मोटो लगायत ब्राण्डमा उपलब्ध छ।
रिभर्स मोड
रिभर्स मोड अहिले दुई पांग्रे इभीमा सामान्य जस्तै भइसकेको छ। यो मोडमा सजिलै सवारीलाई पछाडि लैजान सकिन्छ। अर्थात चार पांग्रे सवारी जस्तै अब दुई पांग्रे पनि एक्सिलेटर थिचेर पछाडि लैजान मिल्ने भएका छन्।
परम्परागत पेट्रोल बाइकमा यो सुविधा हुँदैन। तर, आधुनिक इभीमा यो स्मार्ट सुविधा थपिएको छ। यसले चालकलाई खासगरी पार्किङ, ट्राफिक वा साँघुरा ठाउँहरूमा सहजता दिन्छ।
यो फिचर आएपछि अब बाइक/स्कुटर घिसार्नुपर्ने झन्झट हुँदैन। एक बटन थिचेपछि पछाडि जान्छ।
सेफ्टी फिचर
नयाँ इलेक्ट्रिक स्कुटर तथा बाइक केवल स्मार्ट र वातावरणमैत्री मात्र होइनन्, सुरक्षाका हिसाबले पनि निकै उन्नत छन्। अहिलेका इभीमा यस्तो सुरक्षा प्रविधि पनि छन्, जुन केही वर्ष अगाडि केवल लक्जरी कारमा मात्र पाइन्थ्यो।
स्कुटर चोरी हुनबाट रोक्न रिज्तामा टो/थेफ्ट एलर्ट रहेको अधिकारीले बताए। स्कुटर कसैले चोरी गर्न खोजेको अवस्थामा मोबाइलमा नोटिफिकेसन आउने उनले बताए।
यसका अलावा धेरै इभी दुई पांग्रेमा जीपीएस ट्र्याकिङ, मोसन अलर्ट, स्मार्ट अलार्म, डिजिटल लक, रिमोट डिसेबल सुविधा हुन्छ।
बजाजको चेतक स्कुटर कसैले चोरी गरेर लगेको शंका लागेमा मोबाइलबाट नै लक गर्न मिल्ने हंशराज हुलासचन्दका सिनियर सेल्स म्यानेजर रामेश्वरप्रसाद घिमिरेले जानकारी दिए। एक पटक मोबाइलमा कन्फिगुरेसन गरेपछि जुनसुकै स्थानबाट नियन्त्रण गर्न सकिने उनले बताए।
‘मोबाइलबाटै लक गरेपछि चोरेर लगेको व्यक्तिले पार्क गरेपछि फेरि स्टार्ट गर्न सक्दैन,’ उनले भने।
घिमिरेका अनुसार चेतकमा स्पीड लिमिट सिस्टम पनि छ। यसको अर्थ अभिभावकहरूले आफ्ना छोराछोरीलाई स्कुटर निश्चित गतिमा मात्रै चलाउन मिल्ने बनाउन सक्ने उनको भनाइ छ।
अहिलेका इभीमा फल-सेफ प्रणाली पनि समावेश गरिएका छन्। रिज्ता स्कुटर अचानक लडे वा दुर्घटना भए स्कुटरको मोटर तुरुन्त बन्द हुनुका साथै एलर्ट आउने अधिकारी बताउँछन्।
अटो होल्ट तथा पार्किङ असिस्ट पनि दुई पांग्रेको हकमा महत्त्वपूर्ण सेफ्टी फिचर हो। यो हुँदा स्कुटर रोक्दा ब्रेक थिचिरहनु पर्दैन। यो सुविधा ट्राफिक वा सिग्नलमा निकै उपयोगी हुन्छ।
होल्ड असिस्टले चिप्लो, उकालो सडकमा स्कुटर रोक्दा पछाडि हट्ने जोखिम कम गर्छ गर्छ। यसले स्कुटरलाई फेरि एक्सिलेटर नथिचेसम्म स्थिर राख्छ।
त्यस्तै, अहिले अधिकांश दुई पांग्रे इभीमा सिमको प्रयोग हुने भएकाले लाइभ जीपीएस ट्र्याकिङ गर्न मिल्छ। यो फिचरले स्कुटर वा बाइक कुन ठाउँमा छ भनेर मोबाइल एपमा रियल-टाइम ट्र्याक गर्न सकिन्छ। चोरी भएमा बाइक/स्कुटरको लोकेसन ट्रेस गरेर सुरक्षाकर्मीलाई जानकारी दिन सकिन्छ।
याडियाका बाइकमा जियो-फेन्सिङ फिचर रहेको प्रधानले जानकारी दिइन्। अर्थात बाइक एक सीमित क्षेत्रबाहिर गएमा नोटिफिकेसन आउने उनले बताइन्। उनका अनुसार आफ्नो बाइक कति टाढा लैजान दिने भन्ने कुरा पनि सेटिङ गर्न सकिन्छ।
अल्ट्राभोइलेटका मोटरसाइकलहरूमा एन्टी कोलिजन वार्निङ सिस्टम समेत छ।
इनबिल्ट क्यामेरा
अब दुई पांग्रे सवारीमै पनि इनबिल्ट क्यामेरा उपलब्ध हुन थालिसकेको छ। निउको आरक्यूआई सेरिजको बाइकमा अगाडि र पछाडि दुवैतर्फ क्यामेरा राखिएको इको इन्फिनिटी प्रालिका जनरल सेल्स म्यानेजर मन्जुल अमात्यले जानकारी दिए।
फरवार्ड र रियर फेसिङ क्यामेराले भिडियो रेकर्ड गर्नुका साथै सम्भावित दुर्घटनालाई पनि डिटेक्ट गर्ने उनले बताए।
यसमा रहेको ‘इम्प्याक्ट डिटेक्सन सिस्टम’ले दुर्घटनाका बेला भएको रेकर्डिङलाई सुरक्षित गर्छ। दुर्घटनाको अगाडि र पछाडि एक मिनेटसम्मको फुटेज क्लाउडमा पनि अपलोड हुन्छ।
बाइक स्टार्ट हुनासाथ क्यामेराहरूले तुरुन्त रेकर्डिङ सुरु गर्ने अमात्यले बताए। क्लाउड स्टोरेज र निउ स्मार्ट एपमा रेकर्ड गरिएका भिडियो हेर्न र डाउनलोड गर्न सकिने उनको भनाइ छ।
एआई इन्टेग्रेसन
अहिले केही बाइकमा एआईमा आधारित राइड असिस्ट सिस्टम प्रयोग गरिएका छन्।
अल्ट्राभोइलेटका मोटरसाइकलहरूमा रहेको एआईले राइडरको बानी, ट्राफिक अवस्था र मौसम अनुसार सवारी अनुभवलाई अनुकूल बनाउन असिस्ट गर्ने कम्पनीका ब्रान्ड एड्भाइजर आभाष मल्लले जानकारी दिए।
‘उदाहरणका लागि बाटो राम्रो छ र गति कम छ भने एआईले गति बढाउन सक्ने सुझाव दिन सक्छ,’ उनले भने, ‘एआईले बाटोको अवस्था, मौसम, राइडरको बानी, बाइकको अवस्था सबै एनालाइसिस गरिरहेको हुन्छ।’
पोर्टेबल ब्याट्री
अहिले आएका नयाँ दुई पांग्रे इभीमा पोर्टेबल अर्थात निकाल्न मिल्ने ब्याट्री राखिएका हुन्छन्। नाइमा मोबिलिटी एक्स्पोमा राखिएकामध्ये एथर, निउ र याडियामा पोर्टेबल ब्याट्री राखिएको छ।
‘धेरै मानिसहरूको पार्किङमा चार्जिङ सुविधा नहुने हुनाले पोर्टेबल ब्याट्री उनीहरूका लागि उपयोगी हुन्छ,’ उनले भनिन्।
केही इभी कम्पनीले ब्याट्री स्वापिङ सेवा पनि दिन थालेका छन्। यस्तोमा पोर्टेबल ब्याट्री सिधै नयाँ फुल्ली-चार्ज्ड ब्याट्रीसँग साट्न पनि सकिन्छ। यद्यपि, नेपालमा भने यो सुविधा दुई पांग्रेको हकमा उपलब्ध छैन।
कनेक्टिभिटी
अहिले नयाँ इभी दुई पांग्रेहरू केवल चलाउने साधन मात्र नभई स्मार्ट डिभाइस बन्न थालेका छन्। नयाँ इभी स्कुटर र बाइकहरूमा कनेक्टिभिटी अत्यन्तै महत्त्वपूर्ण र अनिवार्य फिचर बनेको छ।
कनेक्टिभिटीमार्फत स्कुटर/बाइकलाई मोबाइल एप, इन्टरनेट, जीपीएस, ब्लुटुथ तथा अन्य स्मार्ट प्रणालीसँग जोड्न सकिन्छ। यसको माध्यमबाट सवारीसाधनलाई रिमोट्ली कन्ट्रोल गर्न, डेटा हेर्न तथा ट्र्याक गर्न सकिन्छ।
अहिले मोबाइल एपमार्फत चार्जको स्तर, रेन्ज, राइड हिस्ट्री, बाइकको स्थिति तथा अलर्ट लगायत बाइक/स्कुटरको सबै डाटा निकाल्न सकिन्छ।
बाइक वा स्कुटरलाई स्मार्टफोनसँग ब्लुटुथबाट जोडेर म्युजिक, कल, मेसेज नोटिफिकेसन डिस्प्लेमा देखिन मिल्ने बनाउन सकिन्छ। केही स्कुटरमा भ्वाइस कमाण्ड पनि हुन्छ।
यही फिचरबाट टप स्पीड, ब्रेक युसेज, डिस्टान्स लगायत सवारीको राइड डेटा पनि मोबाइल एपमै हेर्न सकिने अल्ट्राभोइलेटका ब्राण्ड एड्भाइजर मल्लले जानकारी दिए। यसले राइडिङ शैली सुधार्न सहयोग गर्ने उनको भनाइ छ।
The post केही वर्षअघिसम्म कल्पना पनि नगरिएका स्मार्ट फिचर अब दुई पांग्रे सवारीमा appeared first on BIZMANDU.
इजरायल-इरान तनावपछि विश्व वित्तीय बजारमा हलचल, महँगीको असर नेपालसम्म पर्न सक्ने
इजरायलले इरानमाथि गरेको आक्रमण र त्यसपछि इरानको जवाफी हमलाले विश्व वित्तीय बजारमा हलचल ल्याएको छ। विशेषगरी तेलको मूल्यमा यसको तीव्र असर देखिएको छ।
इजरायल-इरान तनावको चौथो दिनमा प्रवेश गर्दै गर्दा तेलको मूल्य करिब १ प्रतिशतले बढेको हो। विश्व अर्थतन्त्र पहिले नै कठिन अवस्थाबाट गुज्रिरहेको बेला अर्को ठूलो झट्का आउन सक्ने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन्।
आक्रमण लगत्तै शुक्रबार ७ प्रतिशतसम्म बढेको कच्चा तेलको मूल्य फेरि घटेको भएपनि अहिले एक महिनाअघिको तुलनामा १० डलरले माथि नै छ। यसबीचमा पुनः ऊर्जा लागत बढ्ने डर भने कायमै छ।
यसको असरस्वरुप पेट्रोल, खाना देखि लिएर भ्रमण (पर्यटन)सम्मका क्षेत्रमा महँगी देखिन सक्ने आकलन गरिएको छ। यो असर नेपालसहित सम्पूर्ण विश्वमा पर्नेछ। मुलुकभित्र पेट्रोलियम पदार्थ झण्डै तीन खर्ब बराबरको खपत हुने गरेको छ। कच्चा तेलको मूल्य आकासिँदा यसको प्रत्यक्ष असर ढुवानीदेखि भान्छासम्म पर्छ भने सार्वजनिक यातायातको भाडा समेत महँगो हुनेछ।
यस्तै प्रकारको अवस्था ३ वर्षअघि रसियाले युक्रेनमाथि आक्रमण गर्दा पनि देखिएको थियो। त्यो बेला पनि विश्वव्यापी महँगी तीव्ररुपमा वृद्धि भएको थियो। त्यो युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य उच्चहुँदा नेपाललाई ठूलै सकस समेत परेको थियो। पेट्रोलियम पदार्थको व्यापारमा एकाधिकार रहेको नेपाल आयल निगमले आइतबारनै मूल्य बढाइसकेको छ।
अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य घटबढ हुने प्रणाली कार्यान्वयनमा आएकोले समेत निगमले प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्नेवित्तिकै त्यसले उपभोक्ताको खर्च बढ्छ। निश्चित आम्दानी भएका उपभोक्ताले अन्यत्र गर्ने खर्च कटौती गर्दा अर्थतन्त्रमा स्ट्रेस थप्छ।
इजरायल-इरानबीचको यो पछिल्लो तनावले तेल बजारमा सबैभन्दा ठूलो असर देखिएको हो। अन्तर्राष्ट्रिय बजारको मुख्य मापदण्डको रुपमा रहेको ब्रेन्ट क्रुड शुक्रबार ७८ डलर प्रति ब्यारेलसम्म पुगेको थियो। त्यसपछि मूल्य घटेर अहिले लगभग ७४.६० डलरमा झरेको छ। यद्यपि, यो अझै पनि एक महिनाअघि भन्दा १० डलर बढी हो।
तेलको मूल्य यस्तै ठूला भू-राजनीतिक घटनाक्रमहरू र विश्व अर्थतन्त्रको अवस्थाका आधारमा तलमाथि हुने गर्छ। त्यसैले इजरायल-इरान द्वन्द्वपछि मूल्यमा उतार–चढाव आउनुलाई पनि स्वभाविक रुपमा लिइएको छ।
यद्यपि, अहिलेको मूल्य एक वर्षअघिको तुलनामा कम छ। रसिया-युक्रेन युद्ध सुरु हुँदा तेलको मूल्य लगभग १३० डलर प्रति ब्यारेलसम्म पुगेको थियो।
के अब पेट्रोल लगायत अन्य वस्तुको मूल्य पनि बढ्छ त?
थोक बजारमा तेलको मूल्य बढ्दा त्यसको असर सिधै पेट्रोल पम्पमा महसुस हुन थाल्छ। त्यति मात्र होइन ऊर्जा महँगो हुँदा कृषिदेखि उद्योगसम्मको उत्पादन लागत बढ्छ। जसले गर्दा दैनिक उपभोग्य सामग्रीको मूल्यमा असर पर्न सक्ने सम्भावना रहन्छ।
खाद्यान्न उत्पादनमा ऊर्जा लागतको भूमिका महत्त्वपूर्ण हुन्छ। कृषि उपकरण चलाउन, उत्पादन ढुवानी गर्न, प्रशोधन गर्न र प्याकेजिङ गर्न ऊर्जा आवश्यक पर्छ। ऊर्जाको मूल्य लामो समयसम्म उच्च रहँदा त्यसको असर उपभोक्तासम्म पुग्छ।
तर, पेट्रोल र डिजेलमा समेत कच्चा तेलको मूल्य वृद्धिको असर सीमित मात्र हुने बताइन्छ।
क्यापिटल इकोनोमिक्सका डेविड ओक्स्ली भन्छन्, ‘कच्चा तेलको मूल्य १० डलरले बढ्दा पम्पमा लगभग १० सेन्ट महँगीको महसुस हुन्छ।’
यो असर केवल तेलमा मात्रै देखिने भने होइन।
रसिया-युक्रेन युद्ध सुरु हुँदा मूल्य वृद्धिको ठूलो कारण ग्यासको भाउ महँगिनु थियो। धेरै देशहरूमा घर तताउने र विद्युत् उत्पादन गर्न ग्यास प्रयोग गरिन्छ। बेलायतमा त विद्युत्को मूल्य नै ग्यास मूल्यसँग सम्बन्धित छ।
पछिल्लो इजरायल-इरान तनावपछि ग्यासको मूल्य पनि बढेको छ। तर ओक्स्लीका अनुसार बजारमा काम गर्ने ढाँचा र मूल्य नियन्त्रण गर्ने नियामकको भूमिकाका कारण त्यसको असर सर्वसाधारण उपभोक्तासम्म पुग्न समय लाग्न सक्छ।
इजरायल र इरानबीचको तनाव कति लामो समय जारी रहन्छ त्यसले महँगी कति माथि पुग्छ भन्ने निर्धारण गर्नेछ। यदि अन्य देशहरू पनि यो द्वन्द्वमा तानिए वा अमेरिकाले हस्तक्षेप गरेर अवस्था नियन्त्रणमा लिन सकेन भने परिस्थिति अझ जटिल बन्न सक्ने विश्लेषण विज्ञहरूले गरेका छन्।
अझ होर्मुज क्षेत्रको अवस्थाले अबका दिनमा व्यापारमा ठूलो प्रभाव पार्ने देखिएको छ। किनकी इरानको दक्षिणी तटमा पर्ने यही बाटो भएर लगभग २० प्रतिशत तेल विश्व बजारसम्म पुग्छ। विश्व बजारमा पुग्ने तेलको झन्डै ३ प्रतिशत हिस्सा इरानबाट आउँछ।
‘यो साँघुरो जलमार्ग हो र विश्व तेल आपूर्तिको दृष्टिले कमजोर स्थान पनि हो,’ ब्रोन्ज भन्छन्।
हालका लागि यस्तो अवरोधको सम्भावना कम छ। तर, इरानले विगतमा अवरोध गर्ने धम्की दिइसकेको छ र अहिले त्यो जोखिम केही प्रतिशतले बढेको पनि छ। यदि यस क्षेत्रमा कुनै अवरोध नभएको खण्डमा तेलको मूल्य लामो समयसम्म उच्च रहने छैन।
शुक्रबार इरानको पर्सियन खाडीस्थित एक ग्यास उत्पादन हुने क्षेत्रमा आक्रमण भएको थियो। त्यसपछि इरानी विदेशमन्त्रीले इजरायलमाथि युद्धलाई इरानभन्दा बाहिर फैलाउने प्रयास गरिरहेको आरोप लगाएका थिए।
तेहरानस्थित शाहरान तेल डिपोमा इजरायली हमलापछि आगलागी भए पनि इरानमा इन्धन उत्पादन र वितरण निरन्तर भइरहेको बताइएको छ। इरानी तेल मन्त्रालयले हमलाको पुष्टि गर्दै आगो लागेको जानकारी दिएको थियो। तर आगलागीका बाबजुद तेल प्रशोधन केन्द्रको काममा कुनै असर परेको छैन।
इरानको राष्ट्रिय पेट्रोलियम उत्पादन वितरण कम्पनीका आपूर्ति तथा वितरण निर्देशकले इरानी विद्यार्थी समाचार संस्थासँग आगो अरु ट्यांकीहरूमा फैलिन नदिएको जानकारी दिएका थिए। उनका अनुसार सुरक्षात्मक उपायहरू तत्काल लागू गरिएपछि थप क्षति हुनबाट जोगिएको हो।
तेहरानको शाहरान क्षेत्रस्थित यो तेल डिपो इरानको प्रमुख इन्धन भण्डारण र वितरण केन्द्रमध्ये एक हो। यस्तो संवेदनशील स्थानमा भएको आक्रमणले सुरक्षा चुनौतीबारे गम्भीर बहस चलाएको छ। त्यसैबेला आगलागी तत्काल नियन्त्रणमा आउनु र आपूर्ति निरन्तर रहनु इरानी प्रशासनको तयारीलाई संकेत गर्छ।
तेहरानस्थित शाहरान तेल डिपो। तस्बिर : रोयटर्स
२०२२ मा रसियाले युक्रेनमा आक्रमण गरेपछि महामारीपछिको खुल्दो विश्व अर्थतन्त्रमा ऊर्जाको माग बढेको थियो। अहिले भने विश्व अर्थतन्त्र कमजोर अवस्थामा छ। साउदी अरेबियादेखि ब्राजिलसम्मका तेल उत्पादकहरूले आपूर्ति बढाए मूल्य घट्न सक्छ।
यो अवस्थाले विश्व अर्थतन्त्रका लागि के संकेत दिन्छ भन्ने अझै निश्चित छैन। तर, यो विश्व अर्थतन्त्रका लागि ‘खराब समयमा लागेको खराब झट्का’ बन्न सक्ने सम्भावना रहेको अर्थशास्त्री मोहम्मद एल-एरियन बताउँछन्।
एसेट म्यानेजर आलियन्जका मुख्य आर्थिक सल्लाहकार रहेका एरियन भन्छन्, ‘जता हेरे पनि छोटो अवधिका लागि पनि नकारात्मक असर छ, दीर्घकालीन असर पनि सकारात्मक देखिँदैन।’
क्यापिटल इकोनोमिक्सले गरेको अनुमान अनुसार तेलको मूल्य पुनः १०० डलर प्रति ब्यारेल माथि पुगेको खण्डमा समृद्ध देशहरूको मुद्रास्फीति दरमा १ प्रतिशत वृद्धि हुन सक्छ। यसले ब्याजदर घटाउने प्रयास गरिरहेका केन्द्रीय बैंकहरूलाई कठिनाइमा पार्नेछ।
तर, ओक्स्लीको बुझाइमा त्यो सम्भावना अहिलेको लागि सबैभन्दा सम्भाव्य स्थिति होइन।
‘मध्यपूर्वमा अस्थिरता नयाँ कुरा होइन। हामीले यस्ता घटनाहरू धेरै पटक देखिसकेका छौं,’ उनी भन्छन्, ‘एक सातामा यो सबै शान्त पनि हुन सक्छ।’
यसैबीच, सुनको मूल्य भने आज ओरालो लागेको छ। यो परम्परागत सुरक्षित सम्पत्तिको रूपमा चिनिन्छ।
यसलाई बजारमा रहेको चिन्ता कम हुँदै गएको संकेतको रुपमा लिइएको छ। इजरायलले इरानमाथि आक्रमण गरेपछि शुक्रबार सुनको मूल्य तीव्र रूपमा बढेको थियो।
तर, आज त्यो वृद्धि केही घटेको छ। सुनको मूल्य ०.९६ प्रतिशतले घटेर प्रति औंस ३ हजार ४०० डलरमा झरेको छ।
सुन अहिलेसम्मकै उच्च मूल्य ३ हजार ५०० डलरभन्दा तल नै छ। यदि यो मूल्य पार गरेको खण्डमा भने बजारमा हाल देखिएको शान्त अवस्था समाप्त भएको संकेत मानिनेछ।
The post इजरायल-इरान तनावपछि विश्व वित्तीय बजारमा हलचल, महँगीको असर नेपालसम्म पर्न सक्ने appeared first on BIZMANDU.
सुनको मूल्य आधा घट्ने अमेरिकी विश्लेषकको अनुमान, तोलाको एक लाख नजिक आउला?
यसबीच एक अमेरिकी विश्लेषकले निकट भविष्यमै यसको मूल्यमा तीव्र गिरावट आउने आकलन गरेका छन्। अमेरिकामा आधारित मर्निङस्टारका विश्लेषक जोन मिल्सले आगामी केही वर्षमा सुन मूल्यमा ३८ प्रतिशतसम्म गिरावट आउने अनुमान गरेका हुन्।
लगातार उकालो लागेर उच्च विन्दुमा पुगेको सुनको मूल्य पछिल्ला केही दिन घट्न थालेको छ। साताको पहिलो दिन आइतबार तोलामा १ हजार ९०० रुपैयाँ घटेर प्रति तोला १ लाख ७४ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि गत शुक्रबार सुन ३ हजार ९ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ७६ हजार ४सय रुपैयाँमा कारोबार भएको थियो। नेपाली बजारमा गत बिहीबार कारोबार मूल्य बढेर प्रति तोला १ लाख ८० हजार ३ सय रुपैयाँको रेकर्ड नै बनेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ३०३७.६५ डलरमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रति औंस ३१०३.९१ डलर।
यदि ३८ प्रतिशतको गिरावट आए नेपालमा सुनको भाउ लगभग १ लाख ८ हजार रुपैयाँ प्रति तोलामा झर्न सक्छ। जोन मिल्सका अनुसार सुनको मूल्य घटेर १ हजार ८२० डलर प्रति ओंसम्म पुग्ने सम्भावना रहेको छ।
नेपालमा सुन कारोबार गर्नेहरुले पनि ‘ट्रेन्ड’ परिवर्तन भए सुनको मूल्य घटेर १ लाख ५० हजार रुपैयाँ प्रतितोला वा सो भन्दा कम हुन सक्ने बताइरहेका छन्।
के आधारमा मूल्य घट्ने आकलन?
हालका दिनमा सुनको मूल्य वृद्धि हुनुको मुख्य कारण आर्थिक अनिश्चितता, महँगाईको चिन्ता र भूराजनीतिक तनाव हो। लगानीकर्ताले यसलाई सुरक्षित सम्पत्ति मान्न थालेका छन्।
विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा व्यापार युद्ध सुरु भएसँगै यस्तो अवस्था देखिन थालेको थियो। तर, अब मूल्य घट्न सक्ने विभिन्न कारणहरू औँल्याइएका छन्।
सुनको आपूर्ति बढेको छ। २०२४ को दोस्रो त्रैमासिकमा खानीबाट प्राप्त हुने नाफा प्रति औन्स ९५० डलर पुगेको छ।
सुनको विश्वव्यापी भण्डारण ९ प्रतिशतले बढेर २ लाख १६ हजार २६५ टन पुगेका छन्। अस्ट्रेलियाले उत्पादन बढाएको छ भने ‘रिसाइकल’ गरिएका सुनको आपूर्ति पनि वृद्धि भएको छ।
यसबीचमा माग भने घट्न सक्ने सम्भावना देखिएको छ। विश्वभरका केन्द्रीय बैंकहरूले गत वर्ष १ हजार ४५ टन सुन किनेका थिए।
आगामी दिनमा उनीहरूले अब सुन किन्ने गति कम गर्ने सम्भावना छ। वर्ल्ड गोल्ड काउन्सिलको एक सर्वेक्षणका अनुसार ७१ प्रतिशत केन्द्रीय बैंकहरूले भविष्यमा आफ्नो सुनको भण्डारण घटाउने वा स्थिर राख्ने योजना बनाएका छन्।
सन् २०२४ मा सुन बजारमा व्यवसायीहरूबीचको मर्जर र एक्विजिसन ३२ प्रतिशतले बढेको छ। जुन बजारको उच्च विन्दुको संकेत हो। यसका अतिरिक्त सुनमा आधारित ईटीएफहरूको वृद्धि पनि विगतमा देखिएका मूल्य समायोजनको जस्तै संकेत दिइरहेका छन्।
तर, जोन मिल्सको भविष्यवाणीका बावजुद केही प्रमुख वित्तीय संस्थाहरू अझै पनि सकारात्मक देखिन्छन्। बैंक अफ अमेरिकाले आगामी दुई वर्षमा सुनको मूल्य प्रति औंस ३५ सय डलर पुग्ने अपेक्षा गरेको छ।
त्यस्तै, गोल्डम्यान स्याक्सले यो वर्षको अन्त्यमा मूल्य ३३ सय डलर प्रति औंस पुग्ने अपेक्षा गरेको छ। सुनको मूल्यले आफ्नो गति कायम राख्छ या प्रक्षेपण गरिएअनुसार गिरावटको सामना गर्छ भन्ने कुरा आगामी महिना र वर्षहरूमा स्पष्ट हुँदै जानेछ।
The post सुनको मूल्य आधा घट्ने अमेरिकी विश्लेषकको अनुमान, तोलाको एक लाख नजिक आउला? appeared first on BIZMANDU.
‘भोलाटाइल’ सेयर बजारमा ‘म्यानुपुलेसन’को जोखिम सधैँ, ‘गेमस्टप’को घटनाबाट के सिक्ने?
काठमाडौं। सेयर बजारलाई केही व्यक्ति वा समूहले तलमाथि बनाउन सक्छन्। संसारभरनै सेयर कारोबारमा निश्चित समूहको प्रभाव रहने गरेको धेरै उदाहरणहरु छन्।
नेपालको सेयर बजारमा पनि केही व्यक्ति र समूहको प्रभाव देखिने गरेको छ। त्यो सेयर बजारले लिने बुलमा देखिन्छ। कमजोर कम्पनीहरुको उचाईं र राम्रा कम्पनीको सेयर भाउ तल हुनुले पनि बजार प्रभावित बन्ने गर्छन् भन्ने उदाहरणका लागि काफी छन्।
नेपालमा मात्रै नभइ संसारका अन्य देशमा पनि अनलाइन अथवा सामाजिक सञ्जालमा राम्रो उपस्थिति रहेका व्यक्तिले सेयर बजारमा हलचल ल्याउन सक्छन् भन्ने थुप्रै उदाहरणहरू छन्।
अमेरिकामा ‘सर्ट सेलिङ’को प्रचलन धेरै छ। जसमा मूल्य घट्ने अवस्थामा रहेका स्टकलाई उधारोमा लिइन्छ र तत्काल बिक्री गरिन्छ। मूल्य घटेपछि उक्त सेयर कम मूल्यमा किनेर उधारो लिइएको व्यक्तिलाई फिर्ता गरिन्छ।
अर्को तर्फ ट्रेडरहरू यसरी सर्ट सेलिङ भइरहेका सेयरको मूल्य बढाएर मुनाफा निकाल्ने दाउमा हुन्छन्। जसलाई ‘सर्ट स्क्वीज’ भनिन्छ। यसकारण सर्ट सेलर र ट्रेडरहरूबीच एक किसिमको द्वन्द्व सधैँ भइरहन्छ।
न्यूयोर्क स्टक एक्सचेन्जमा ‘लिस्टेड’ रहेको गेमस्टप वाल स्ट्रिटकै सबैभन्दा बढी सर्ट गरिएको स्टक थियो, जहाँ करिब ३० प्रतिशत सेयर हेज फण्डका सर्ट सेलरहरूका हातमा थिए। रेडिटका लगानीकर्ताहरूले तीव्र रूपमा सेयर किनेर हेज फण्डहरूलाई ‘सर्ट स्क्विज’मा पारिदिए।
गेमस्टप स्टोर। File Photo: AP
यस्तोमा किथ गिल नाम गरेका एक टेक-स्याभी युवा ट्रेडरले यसबाट निकै नाफा कमाउन सकिने महसुस गरे। उनलाई गेमस्टपको सेयर ‘अन्डरभ्यालु’मा रहेको महसुस भयो। त्यसपछि उनले यसको सेयर किन्न थाले र रेडिट नामक सामाजिक संजालमा यसबारे लेख्न थाले। उनले यसबारे युट्युबमा भिडियो पनि पोस्ट गरे, जसमा उनले मुनाफाको अथाह सम्भावनाबारे चर्चा गरे।
मानिसहरूले उनका कुरा पत्याए। उनीहरूलाई पनि सर्ट स्क्वीजको राम्रो सम्भावना रहेको महसुस भयो। त्यसपछि गेमस्टपको सेयर ठूलो-ठूलो मात्रामा किन्न थालियो। हप्ता दिनमै यसको मूल्य ३०० प्रतिशत र एकै दिनमा १२० प्रतिशतसम्म बढ्यो।
गेमस्टपलाई एक व्यवसायिक लगानीकर्ताले ‘असफल रिटेलर’ भनेर व्याख्या गरेका थिए। सन् २०१९ मा कम्पनीले साढे ७९ करोड डलरको घाटा व्यहोरेको थियो। र २०२० मा पनि दशौँ करोडको घाटा हुन सक्ने अनुमान गरिएको छ।
तर, यो तथ्यले सामाजिक संजालमा संगठित भएका ‘डे-ट्रेडर’हरूलाई रोकेन। लकडाउनका कारणसँगै, रोबिनहुड जस्ता निःशुल्क वा सस्तो लागतमा कारोबार गर्न सकिने प्लेटफर्ममार्फत यी लगानीकर्ताहरूले रेडिटको ‘वाल स्ट्रिट बेट्स’ थ्रेडमा टिप्स साटासाट गर्दै सेयर मूल्य वृद्धि गरिरहे।
रेडिटका लगानीकर्ताहरूका लागि यो केवल पैसा कमाउने विषय मात्र थिएन। उनीहरूमा वाल स्ट्रिटलाई पराजित गर्ने उद्देश्य थियो। रेडिट थ्रेडहरू हेर्दा स्पष्ट रूपमा देखिन्थ्यो कि उनीहरू वाल स्ट्रिटविरुद्धको यो लडाइँलाई व्यक्तिगत रूपमा लिइरहेका छन्।
गेमस्टपको चरम विन्दु
गेमस्टपको आम्दानी सन् २०२० भन्दाअघि तीव्र रूपमा घटेको थियो। यसको परिणामस्वरूप थुप्रै स्टोरहरू बन्द भएका थिए भने धेरैले गेमस्टपलाई अर्को ब्लकबस्टर बन्ने अनुमान गरेका थिए।
तर किथ गिल र हजारौं लगानीकर्ताहरूले आफ्नो पैसा यो कम्पनीमा लगानी गरे, जसलाई हेज फण्डहरूले घट्ने अनुमान गरेका थिए।
न्यूयोर्क स्टक एक्सचेन्ज। File Photo: AP
गेमस्टपको सेयर मूल्य जनवरी २८, २०२१ मा उच्च विन्दुमा पुगेको थियो। अघिल्लो दिन मध्याह्नमा कम्पनीको सेयर मूल्य क्षणभरका लागि ४८३ अमेरिकी डलर पुगेको थियो।
जनवरी २८ मा प्रि-मार्केट कारोबारमा सेयर मूल्य क्षणभरका लागि ५०० डलर नाघेको थियो। यद्यपि, दिनभरको उच्चतम मूल्य ४८३ डलर रह्यो।
गेमस्टपको ओरालो यात्रा
यो उच्च मूल्यको यात्रा लामो समयसम्म भने टिक्न सकेन। रोबिनहुड एपले गेमस्टपको थप सेयर खरिद गर्ने नमिल्ने बनायो। जसले गर्दा लगानीकर्ताहरूमा त्रास उत्पन्न भयो।
लगानीकर्ताहरूले आफ्नो सेयर बेच्न थाले, जसले गर्दा मूल्य तीव्र रूपमा घट्यो। एक हप्ताभित्र गेमस्टपको सेयर मूल्य ८० प्रतिशतभन्दा बढीले घट्यो। एकाध रुपमा पुनः वृद्धि भए पनि, ४८३ डलरको सर्वाधिक उच्च मूल्य पुनः उक्लिन सकेन।
धेरै वर्षपछि, गेमस्टपको सेयर मूल्य हाल निकै कम छ। २०२४ सम्म, यसको सेयर मूल्य प्रतिदिन १३ देखि १५ डलरको बीचमा कारोबार भयो। सन् २०२३ को अधिकांश समय यो २० डलरभन्दा माथि नै कारोबार भइरहेको थियो।
यद्यपि, यो मूल्य गेमस्टपको सर्वाधिक उच्च मूल्यको तुलनामा निकै कम हो, यो २०२० मा पुगेको २.५७ डलरको न्यूनतम मूल्यभन्दा अझै माथि रहेको छ।
हाल गेमस्टपको मूल्य २० डलरभन्दा माथि कायम रहेर कारोबार भइरहेको छ।
The post ‘भोलाटाइल’ सेयर बजारमा ‘म्यानुपुलेसन’को जोखिम सधैँ, ‘गेमस्टप’को घटनाबाट के सिक्ने? appeared first on BIZMANDU.
भुटानले जोड्न खोजेको विश्व, हिमालयको फेदमा तयार पार्दैछ ‘गेलेफु इकोनोमिक हब’
त्यहाँ जम्मा भएका करिब ३० हजार भुटानीहरूले एकसाथ भनेका थिए – तयार छौं।
४४ वर्षीय राजा वाङचुकले उक्त कार्यक्रममा गेलेफु माइन्डफुलनेस सिटी बनाउने घोषणा गरेका थियो। उनले हजारौं भुटानी, हाई-प्रोफाइल अन्तर्राष्ट्रिय उद्योगपति र उद्यमीहरूलाई एक ठाउँमा ल्याएर गेलेफुलाई एक इकोनोमिक हब बनाउने योजना सुनाउँदा भुटानीहरू निकै खुसी भएका थिए।
भुटान त्यही देश हो जुन ग्रस नेसनल ह्याप्पिनेस (जीएनएच) को अवधारणा सिर्जना गर्नका लागि प्रख्यात छ। भुटान पहिलो कार्बन नेगेटिभ देशको रूपमा पनि विश्व प्रसिद्ध छ।
के हो गेलेफु इकोनोमिक हब?
गेलेफुको १ हजार वर्ग किलोमिटर अर्थात २ लाख ५० हजार एकर क्षेत्रफलमा विशेष प्रशासनिक क्षेत्र निर्माण गर्ने भुटानका राजाले घोषणा गरेका छन्। गेलेफु माइन्डफुलनेस सिटीले भुटानको कुल क्षेत्रफलको २.५ प्रतिशत ओगट्नेछ।
गेलेफु माइन्डफुलनेस सिटी बनाउने घोषणा गर्दै राजा वाङचुक।
यसलाई दक्षिण र दक्षिण-पूर्वी एसियाको विकासलाई जोड्ने इकोनोमिक करिडोरको रुपमा विकास गरिने राजा वाङचुकको योजना छ। यसबाट भुटानले ठूलो फाइदा लिन सक्ने आकलन गरिएको छ।
विश्व बैंकका अनुसार सन् २००० देखि २०१८ को बीचमा दक्षिण र दक्षिण-पूर्वी एसियाबीचको व्यापार ९ गुणा बढ्दै ३८ अर्ब डलरबाट बढेर साढे ३ खर्ब डलर पुगेको छ। भुटानले गेलेफुमार्फत आसाम र उत्तरपूर्वी भारत हुँदै म्यानमार, थाइल्याण्ड, कम्बोडिया, लाओस, भियतनाम, मलेसिया र सिंगापुरलाई जोडेर ठूलो फाइदा लिन सक्ने सम्भावना देखिएको छ।
गेलेफुलाई ‘एक जीवन्त आर्थिक हब बनाउने’ राजा वाङचुकको योजना छ। त्यसैअनुसार उनले कार्यकारी स्वायत्तता र लगानीमैत्री कानुनीसहितको विशेष प्रशासनिक क्षेत्रको स्थापना गर्ने घोषणा गरेका हुन्। तर गेलेफु अधिकांश विशेष आर्थिक क्षेत्रहरूभन्दा अलग रहनेछ।
‘अन्यत्र कयौँ आर्थिक केन्द्रहरू छन् जसले अनुकूल व्यापारिक वातावरण र आकर्षक प्रोत्साहनहरू प्रदान गरेर विदेशी लगानीलाई आकर्षित गर्छन्। भुटानको आर्थिक हबले ती सबै कुरा त दिन्छ नै त्यसमा थप सुविधाहरू पनि दिनेछ,’ राजाले घोषणा गरे, ‘यो एक छुट्टै किसिमको हुनेछ, जुन जीएनएचको दर्शन र मूल्यहरूमा आधारित हुनेछ। यो बौद्ध आध्यात्मिक सम्पदाबाट प्रेरित, भुटानी पहिचानको विशिष्टताद्वारा प्रतिष्ठित, चेतनशील र दिगो व्यवसायहरू समेट्ने माइन्डफुलनेस सिटी हुनेछ।’
सहरमा बन्ने एक संरचनाको गुरुयोजना।
गेलेफु अन्य विशेष आर्थिक क्षेत्रहरूभन्दा यसकारण पनि फरक हुनेछ किनकी यसले भुटानी जीवन शैली, दिगो र समतामूलक विकास र सार्वभौमसत्तालाई व्यवसायहरूले गर्ने सम्मानका आधारमा उनीहरूलाई आमन्त्रित गर्नेछ। द भुटानीज पत्रिकाका अनुसार कम्पनीहरूले गेलेफु विशेष प्रशासनिक क्षेत्रमा बायोसाइन्स, डाटा सेन्टर, शिक्षा र ऊर्जासम्बन्धी प्रयासहरूका लागि चासो देखाएका छन्।
भुटानी संस्कृति र मूल्यमान्यताहरूको संरक्षण सुनिश्चित गर्न गेलेफुमा आउने कम्पनी तथा व्यक्तिहरूले कठोर ‘स्क्रिनिङ’ प्रक्रिया पार गर्नु पर्नेछ। निमन्त्रणा पाएका निश्चित व्यावसायहरूमात्रै आउने भएकाले भुटानलाई देशको हित र मूल्यमान्यताहरूसँग मिल्ने व्यवसायहरू छनोट गर्न सहज हुनेछ।
कार्बन-न्युट्रल सहरको रूपमा स्थापित हुने गेलेफुले प्रदूषण नगर्ने उद्योगहरू (मुख्यतया आईटी, शिक्षा, होटल र अस्पताल क्षेत्रहरू)लाई मात्र समावेश गर्नेछ। यसलाई लगानीको गन्तव्य तथा हेल्थ एन्ड वेलनेस सेन्टरको रूपमा प्रवर्धन गरिनेछ।
त्यस अर्थमा पनि यो साउदी अरेबियाको निओम र इन्डोनेसियाको नुसान्तारा जस्ता योजनाबद्ध सहरहरू तथा दुबई, हङकङ र सिङ्गापुर जस्ता सिसाका गगनचुम्बी भवनहरू भएका वित्तीय केन्द्रहरू जस्तै नयाँ विश्वव्यापी सहर बन्नेछ। यो म्यानमारसँग कनेक्टिभिटीका लागि भारतको ‘एक्ट ईस्ट’ योजनाहरू र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ र इन्डो-प्यासिफिक क्षेत्रका साथै भारतको बंगालको खाडी हुँदै हिन्द महासागरसम्मको उत्तर-पूर्वी राज्यहरूबीचको नयाँ भारत-जापान कनेक्टिभिटी योजनाहरूको क्रसरोडमै अवस्थित रहनेछ।
आर्थिक गतिविधिको वृद्धिले वस्तु र सेवाहरूको माग सिर्जना गर्दै निजी क्षेत्रका लागि अवसरहरू निर्माण हुने अनुमान गरिएको छ। विदेशी प्रत्यक्ष लगानी (एफडीआई)ले अन्तर्राष्ट्रियस्तरको तलब स्केल र उन्नत प्रविधि तथा सीपहरूमा पहुँच प्रदान गर्दै युवाहरूका लागि थप रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।
गेलेफु परियोजनामार्फत ऊर्जा, कनेक्टिभिटी र सीप गरी तीनवटा प्रमुख क्षेत्रहरूमा एकीकृत विकास हुनेछ। जलविद्युतले प्रतिस्पर्धात्मक क्षेत्रीय मूल्य निर्धारण प्रणालीमार्फत लगानी आकर्षित गर्नेछ। वायु, थर्मल र सौर्य जस्ता अन्य ऊर्जा स्रोतहरूको पनि उपयोग गरिनेछ। डिजिटल पूर्वाधार विकास र गेलेफुमा अन्तर्राष्ट्रिय विमानस्थलले कनेक्टिभिटीमा सुधार गर्नेछ। यस परियोजनाले भुटानीहरूको सीप वृद्धि गर्नेछ भने विदेशी दक्ष कामदार भित्र्याउनेछ।
यो माइन्डफुलनेस सिटी दक्षिणी हिमालयको फेदमा बन्नेछ। परिकल्पित यातायात पूर्वाधार निर्माण पूरा भएपछि हजार वर्ग किलोमिटरमा फैलिएको विशाल समतल भूमि गेलेफु थप पहुँचयोग्य हुनेछ। यस्तोमा भारत सरकारले सीमावर्ती सहरहरूलाई रेलमार्गले जोड्ने र भुटान जाने प्रमुख सडकहरूको विकास र सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
ड्यामको गुरूयोजना।
डेनमार्कका शिर्ष सस्टेनेबिलिटी आर्किटेक्ट ब्यार्क इन्गल्सले बेलायती कम्पनी अरुप र अस्ट्रेलियाको कम्पनी सिस्ट्रीसँगको सहकार्यमा माइन्डफुलनेस सिटीको गुरूयोजना डिजाइन गरेका हुन्। गुरूयोजनाले भूटानी संस्कृतिलाई वास्तुकलामा भरेको छ भने उर्भर भूमि, वन्यजन्तु आरक्षण र सम्पदाको संरक्षणलाई पनि समेटेको छ। वातावरणमैत्री सहरमा संरचनाहरू रुखभन्दा अग्लो हुने छैनन्। आरक्षण तथा उर्भर भूमि नजिक न्यून संख्यामा प्रायः आवासीय संरचनाहरू बन्नेछन्। र धेरैजसो संरचनाहरू केन्द्रहरूमा निर्माण हुनेछन्।
सनकोश नदीमा बन्ने टेम्पल-ड्याम यो गुरूयोजनाको मुख्य विशेषता हो। इन्गल्सले बाँधलाई ‘सहरका आधारभूत मूल्यहरूलाई क्यास्केडिङ ल्यान्डस्केपमा इम्बेड गरिने’ संरचना भनेर वर्णन गरेका छन्। यो एक रन-अफ-रिभर जलविद्युत् परियोजना हुनेछ, जसले न्यूनतम अवरोध र विस्थापन गर्नेछ।
सहरले धार्मिक तथा आध्यात्मिक पर्यटनलाई व्यवस्थित र सुदृढ गर्नेछ। भुटानले अहिलेसम्म आफूलाई सांस्कृतिक र साहसिक गन्तव्यको रूपमा मार्केटिङ गरिरहेको छ।
पर्यटन नीति परिवर्तन गर्नुअघि २०१९ मा ७६ हजार ९८३ पर्यटकमध्ये ६३ हजार जना सांस्कृतिक पर्यटक थिए। तीमध्ये १ हजार जना मात्रै विशेष नृत्य महोत्सवका लागि आएका थिए भने ४०० जनाले ध्यानका लागि भ्रमण गरेका थिए।
यस परियोजनाले अस्ट्रेलिया जस्ता देशहरूमा हजारौंको संख्यामा भइरहेको भुटानीहरूको आप्रवासनलाई घटाउने लक्ष्य राखेको छ। थिम्पु, पारो र फुएन्शोलिङका सहरी केन्द्रहरूमा जनघनत्व चरम विन्दुमा पुगेका छन्। जसकारण त्यहाँको विकास अघि नबढ्दा आशा र सपनाहरू पनि ठप्प भएका छन्।
गेलेफु माइन्डफुलनेस सिटीले भुटानीहरूमा पुनः आशा भर्ने अपेक्षा गरिएको छ। बाह्य अनुदान, जलविद्युत् र पर्यटनप्रतिको परनिर्भरताबाट मुक्त भएको भुटान गत डिसेम्बरमा मध्यम आय भएको देश बन्न सफल भयो। यससँगै नयाँ परिकल्पना गरिएको सहरले दिगो समृद्धि दिने आशा गरिएको छ।
पूर्वराजा जिग्मे सिङ्ग्ये वाङचुकले जनतालाई उपहारको रुपमा अधिकार सुम्पेपछि भुटान प्रजातन्त्रमा परिणत भएको थियो। जुन भुटानी जनताले मागेका भने होइनन्। १६ वर्ष बितिसक्दा पनि भुटानीहरूले सम्भव भए राजतन्त्रकै पक्षमा मत दिने कुरा गर्छन्। प्रधानमन्त्रीले प्रस्तुत गरेकाभन्दा राजाले तोकेका लक्ष्य उनी पछ्याउँछन्। भुटानीहरूले फामा (अभिभावक) भनेर चिनिने राजाहरूलाई आफ्नै परिवारको सदस्यको रूपमा हेर्ने गरेका छन्। त्यसैले राजाले नेतृत्व गरेका सबै परियोजनाहरू सफल हुने गरेका छन्।
The post भुटानले जोड्न खोजेको विश्व, हिमालयको फेदमा तयार पार्दैछ ‘गेलेफु इकोनोमिक हब’ appeared first on BIZMANDU.
विश्वकपपछि रोहित : फ्लड लाइट नहुँदा एड्जस्ट गर्नुपर्‍यो, ब्याटरलाई मात्रै दोष दिएर हुँदैन
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसीसी टी-२० विश्वकपमा बलरहरूले राम्रो प्रदर्शन गरेको बताएका छन्। विश्वकपमा सहभागी भएर बिहीबार स्वदेश फर्किएपछि पत्रकारहरुसँग प्रतियोगिताको समीक्षा गर्दै उनले ब्याटिङ अडरमा समस्या देखिएको बताएका हुन्।
विश्वकपका खेलहरु भएका अमेरिका र वेष्टइन्डिज दुवै मैदानले बलरहरुका लागि उपयुक्त भएको उनको भनाइ थियो। तर, मैदानले भने ब्याट्सम्यानहरुलाई साथ नदिएको उनले बताए।
पछिल्लो डेढ वर्षका खेलहरूमा जहाँ पनि ब्याट्सम्यान लागि ‘फेभरेबल कन्डिसन’ रहेको स्मरण गर्ने उनले यो विश्वकपमा भने धेरै टिमले लो स्कोरिङ खेल नै खेलेको बताए।
‘ब्याटरहरूका लागि सरफेस गाह्रो थियो। अनइभन बाउन्स भइरहेको थियो । ब्याटरलाई मात्रै दोष दिएर हुँदैन जस्तो लाग्छ। त्यो कन्डिसन बलरहरूलाई फेभरेबल थियो। त्यसले गर्दा बलरहरूले रेस्पोन्सिबिलिटी लिएको थियो,’ उनले भने।
त्यसक्रममा उनले प्रतियोगितामा पहिलो खेलदेखि नै उच्च मनोवलका साथ खेलेको सुनाए। तर विशेषगरी मैदानको कन्डिसनले प्रभाव पारेको उनको भनाइ थियो।
उनले भने, ‘फर्स्ट गेममा पनि फाइट त हामीले दिएकै हो। अर्को खेलमा अलमोस्ट लाइन क्रस गर्ने अवस्था थियो। त्यहाँ चाहिँ मिस हुन पुग्यो।’
बंगलादेशसँगको खेलमा भने ब्याटिङ युनिटले जिम्मेवारी पूरा गर्न चुकेको उनले स्वीकारे। भने, ‘विशेषगरी टप अडरको ब्याटरले त्यो रेस्पोन्सिबिलिटी लिएन। ओभरअल टुर्नामेन्टको कुरा गर्दा बलरहरूले राम्रो बलिङ गरे। त्यो चाहिँ पोजिटिभ छ।’
ब्याटिङ अडर परिवर्तन गर्नुपर्ने अवस्था देखिएको हो? भन्ने पत्रकारको प्रश्नमा उनले घरेलु प्रतियोगितामा देखाएको प्रदर्शनको आधारमा सबैले मौका पाउने बताए।
‘घरेलु खेलमा जसले पर्फर्म गर्छ उसले मौका पाउने हो। ढोका सबैको लागि खुला छ। करिब २ वर्षदेखि कुशल र आशिफले पर्फर्म दिनुभएको छ उहाँहरूलाई साथ दिनु एकदम जरुरी थियो। हरेक टुर्नामेन्टमा एक/दुई जनाले पर्फर्म गर्दैन त्यो हिसावले चेन्ज गर्न थाल्यो भने हरेक टुर्नामेन्टमा टिम चेन्ज हुन्छ,’ उनले भने।
दक्षिण अफ्रिकाविरुद्धको खेलले धेरै नै निराश बनाएको उनले बताए। लगभग जितिसकेका खेल हार्दा दुःख लागेको उनले सुनाए। उक्त खेलमा टप अडरको ब्याटिङ युनिटले राम्रो प्रदर्शन नगरेको उनको गुनासो रह्यो।
‘टप अडर ब्याटरले राम्रो पर्फर्म गर्नु पर्ने थियो किनभने सानो टार्गेटमा ब्याटरहरूले जसरी पनि खेल जिताउनु पर्ने थियो। ब्याटिङ युनिटबाट मिस गर्न पुग्यौँ,’ उनले भने।
बंगलादेशसँगको खेलमा भने विपक्षी बलरहरूले डोमिनेट गरेको उनले बताए।
उनी भन्छन्, ‘बंगलादेशका अपनिङ बलरहरूको स्किलले हामीलाई आउट प्ले गरेको थियो। त्यो ६/७ ओभरमा अलि जिम्मेवारी लिएर खेलेको भए नतिजा राम्रो हुन सक्थ्यो। ’
अबको जिम्मेवारी
खेल सुधार्नका लागि राम्रो टिमहरूसँग खेल्न जरूरी रहेको उनी सुनाउँछन्। अबका दिनमा आफूभन्दा राम्रा टिमहरूसँग खेल्न पाउने उनले आशा व्यक्त गरेका छन्।
श्रीलंका, बंगलादेश, दक्षिण अफ्रिकाहरूसँग पनि सिरिजहरू खेल्न जरुरी रहेको उनी बताउँछन्। भने, ‘घरेलु मैदानमा त हामीले डेढ वर्षदेखि राम्रो गरिरहेका छौं। बाहिरको कन्डिसनमा बेस्ट दिन पाएको छैन। त्यो एक्सपोजर जरुरी छ। क्यानसँग बसेर त्यसमा छलफल गरेर निर्णय लिनेछौँ।’
खेलाडीहरू व्यक्तिगत रुपमा देशबाहिर गएर डोमेस्टिक लिगहरू पनि खेल्न जरुरी रहेको उनको भनाइ थियो।
फ्लड लाइटको प्रभाव कति?
नेपालमा फ्लड लाइटमा खेल्ने मैदान छैन। त्यसैले फ्लड लाइटमा खेलेको बानी नहुँदा केही गाह्रो भएको उनले सुनाए।
‘हामी दिउँसो खेलिरहेका थियौं सबै खेलहरु। डे-नाइटमा खेल्दा अलिकति गाह्रो हुन्छ। तर एक्सक्युज गर्न भन्दा पनि एडजस्ट गर्न जरुरी थियो। किनभने अरु कुनै पनि अप्सन थिएन। अब चाहिँ त्यो इम्प्रुभ गर्न सकिन्छ,’ उनले भने।
घरेलु मैदानमा फ्लड लाइट लगायो भने सजिलो हुने उनको विश्ववास छ। ‘किनभने हामी युजटु हुन पाउँछौँ,’ उनले भने।
The post विश्वकपपछि रोहित : फ्लड लाइट नहुँदा एड्जस्ट गर्नुपर्‍यो, ब्याटरलाई मात्रै दोष दिएर हुँदैन appeared first on BIZMANDU.
सुनको भाउले २० हजार व्यवसायी संकटमा, १० किलो बेच्न पनि हम्मेहम्मे
काठमाडौं। सुनको भाउ आइतबार तोलाको १ लाख २६ हजार पुगेको छ। सुनको भाउ जति उकालो लाग्दैछ, व्यापार त्यति ओरालो लागिरहेको छ।
मूल्यको उकालोसँगै सुनचाँदी व्यवसायीको भविष्य संकटमा परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले दैनिक १० किलो सुन पनि बेच्न हम्मेहम्मे छ।
‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लाग्न थालेपछि व्यापार आधा भन्दा बढीले घटेको छ,’ महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बिजमाण्डूसँग भने, ‘विश्वबजारमा सन् २०२४ को अन्त्यसम्म सुनको भाउ प्रति आउन्स ३ हजार डलर पुग्ने प्रक्षेपण गरिएको छ। ३ हजार डलर पुग्यो भने यहाँ तोलाको १ लाख ७० हजार रुपैयाँको हाराहारी हुन्छ।’
सुरुमा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स २२ सय डलर पुग्ने अनुमान गरिएको थियो। त्यो अनुमान आउँदा नेपाली व्यवसायी विश्वस्त थिएनन्।
‘केही समयअघि प्रति आउन्स १७ सय डलरको हाराहारीमा हुँदा हामीले त्यो अनुमान पत्याएका थिएनौं। तर अहिले २१ सय ७८ डलर पुग्यो,’ शाक्यले भने, ‘अब ३ हजार डलर पुग्नेमा हामी विश्वस्त हुँदैछौ।’
भाउ आकासिएकै कारण विवाहको लगनमा समेत १५ किलोको हाराहारीमा मात्रै सुन बिक्री भयो। ‘लगनको समयमा दैनिक ४० देखि ४५ किलो सुनको कारोबार हुने गर्थ्यो। तर यो पटक १५ किलो बेच्न पनि कठिन भयो,’ उनले भने, ‘आर्थिक मन्दीसँगै मूल्य बढ्दा हाम्रो व्यवसाय संकटमा पर्ने देख्दैछु।’
देशभर २० हजार भन्दा बढी सुनचाँदी व्यवसायी रहेको अनुमान छ। १ महिनाको अवधिमा सुनको भाउ ८ हजार ३ सय रुपैयाँले बढेको छ। फागुनको सुरुमा सुनको भाउ १ लाख १७ हजार ७ सय रुपैयाँ थियो।
लगातार किन वृद्धि भइरहेको छ मूल्य ?
सामान्यतया आर्थिक अनिश्चितताको समयमा सुनमा लगानी गर्नुलाई सुरक्षित मानिन्छ। यद्यपि, यो बहुमूल्य धातुले लगानी उपज प्रदान गर्ने ग्यारेन्टी भने दिँदैन।
मुद्रास्फीतिले डलरको मूल्यलाई असर गरेको मात्रै छैन बजारको अस्थिरता र उच्च दरहरू जस्ता अन्य चुनौतीहरूले आर्थिक अनिश्चितताहरू निम्त्याउँदै गएका छन्। त्यसैले ब्याजदर बढ्दा तथा उच्च रिटर्न भएका बन्ड र अन्य सम्पत्ति उपलब्ध हुँदा यसमा आकर्षण घट्ने गर्छ।
यसबीचमा कमजोर आर्थिक वृद्धिलाई सम्बोधन गर्न विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदरमा कटौती गर्ने लगानीकर्ताहरूले अनुमान गरेका छन्। लगानीकर्ताहरूको यो अपेक्षाले आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा ‘बुलिश सेन्टिमेन्ट’ उत्पन्न गरेको छ, जसले सुनको भाउमा थप वृद्धि भएको छ।
करिब ७० प्रतिशत अमेरिकी लगानीकर्ताहरूले फेडरल रिजर्भले जुन महिनामा ब्याजका दरहरू कटौती गर्न थाल्ने अपेक्षा गरेका छन्। एक हप्ता अघिसम्म मात्र उक्त संख्या ५८ प्रतिशत थियो। सिटीले एक अनुसन्धान नोटमा अनिश्चितताले सुनको मूल्यलाई थप बढावा दिने बताएको छ।
त्यसबाहेक, बेरेनबर्गका विश्लेषकहरूले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको सम्भावित विजयले सुनको प्रोस्पेक्टलाई बढावा दिने बताएका छन्। तथापि, आईएनजीका विश्लेषकहरूले फेडरल रिजर्भको नीति आगामी महिनाहरूमा सुनको मूल्यको लागि सबैभन्दा ठूलो आधार रहने बताएका छन्। जसको अर्थ लगानीकर्ताहरूको छोटो अवधिको दर कटौतीको अपेक्षाहरू अनुसार मूल्यहरू निर्धारण हुन सक्नेछन्।
The post सुनको भाउले २० हजार व्यवसायी संकटमा, १० किलो बेच्न पनि हम्मेहम्मे appeared first on BIZMANDU.
नेपालमा अझै पनि २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि, उपभोग खर्च ६६ प्रतिशतले बढ्यो
काठमाडौं । नेपालमा अझै पनि २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०)को नतिजाले उक्त जनसंख्या गरिबीको रेखामुनि रहेको देखाएको हो।
१२ वर्षअघि गरिएको सर्वेक्षणको तुलनामा हाल जीवनस्तरमा केही सुधार आएको पाइएको हो। २०६६/६७ मा गरिएको तेस्रो सर्वेक्षणमा २५.१६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको थियो। हाल गरिबीको दर सहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत रहेको छ।
यद्यपि, १२ वर्षअघिको तुलनामा गरिबी निर्धारण गर्ने मापदण्डमा भने सुधार गरिएको कार्यालयका उप-प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले जानकारी दिए। २०६६/६७ को गरिबी रेखा (४२ हजार ८४५ प्रति व्यक्त प्रति वर्ष)को मापदण्डमा ७० प्रतिशतले (७२ हजार ९०८ प्रति व्यक्त प्रति वर्ष) वृद्धि गरिएको उनले बताए।
रेग्मीले भने, ‘२०६६/६७ को मापदण्डलाई नै आधार मान्ने हो भने त नेपालमा ३.५७ प्रतिशत मात्रै जनसंख्या गरिबीको रेखामुनि छन्। जसअनुसार नेपालमा गरिबी उन्मुलन भइसकेको मानिन्थ्यो। तर, हामीले मापदण्डमा सुधार गरेका छन्।’
नेपाल जीवनस्तर सर्वेक्षणको नतिजा सार्वजनिक कार्यक्रम।
यस्तै, १२ वर्षको अन्तरालमा प्रतिव्यक्ति औसत वार्षिक उपभोग खर्च ६६ प्रतिशतले वृद्धि हुँदै ७५ हजार ९०२ रुपैयाँबाट १ लाख २६ हजार १७२ रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ। तेस्रोदेखि चौथो सर्वेक्षणसम्मको अवधिमा जम्मा उपभोग खर्चमा गैरखाद्य खर्चको अंश ३८ प्रतिशतबाट वृद्धि भई ४७ प्रतिशत पुगेको देखिन्छ।
सर्वेक्षणका अनुसार नेपालमा प्रति व्यक्ति प्रति दिन २ हजार २३६ किलोक्यालोरी आवश्यक पर्ने देखिएको छ। औसत प्रति व्यक्ति वार्षिक उपभोग खर्च सबैभन्दा बढी काठमाडौं उपत्यका सहरी क्षेत्रमा २ लाख ६३ हजार ३१८ रुपैयाँ र सबैभन्दा कम मधेश प्रदेशको ग्रामीण क्षेत्रमा ७१ हजार ८२८ रुपैयाँ रहेको छ। नेपालको औसत प्रति व्यक्ति वार्षिक उपभोग खर्च भने १ लाख ३० हजार ८५३ रुपैयाँ रहेको छ।
तथ्यांकका अनुसार नेपालमा बिजुलीको पहुँच १२ वर्षअघिको तुलनामा ७० प्रतिशतले बढेर ९४ प्रतिशत पुगेको छ। त्यस्तै, नजिकको सामुदायिक अस्पतालको औसत दुरी १३.९ किलोमिटरबाट ९.३ किलोमिटरमा झरेको छ भने पक्की सडकसम्मको दुरी १४.०१ किलोमिटरबाट घटेर ४.१६ किलोमिटरमा झरेको छ।
२०७२ सालमा आएको महाभूकम्प र कोरोना भाइरस महामारी जस्ता कारणहरुले अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन महादुर श्रेष्ठले बताए।
२०७९ असारदेखि २०८० जेठसम्म गरिएको सर्वेक्षणमा देशभरको प्रतिनिधित्व हुने गरि ९ हजार ६०० घरपरिवार छनोट गरिएको थियो। उक्त सर्वेक्षणमा घरपरिवारको उपभोग, आम्दानी, सेवा सुविधामा पहुँच, आवास तथा आवासीय सुविधाको उपयोग, शिक्षा, स्वास्थ्य, रोजगारी, बचत तथा ऋण, जग्गाको स्वामित्व र उपयोग जस्ता विषयमा तथ्यांक संकलन गरिएको कार्यालयले जनाएको छ।
सबै प्रदेशको सहरी र ग्रामीण क्षेत्र तथा काठमाडौं उपत्यकाको छुट्टै गरि १५ वटा विश्लेषणात्मक क्षेत्रअनुसार नतिजा तयार पारिएको छ। सर्वेक्षणमा महानगर, उपमहानगर र नगरपालिकालाई सहरी तथा गाउँपालिकालाई ग्रामीण क्षेत्र मानिएको छ।
The post नेपालमा अझै पनि २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि, उपभोग खर्च ६६ प्रतिशतले बढ्यो appeared first on BIZMANDU.
अमेरिकाको मोन्टाना राज्यको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय अदालतले राेक्यो, नेपालमा के होला?
टिकटकमाथि प्रतिबन्ध लगाउने मोन्टाना अमेरिकाको पहिलो राज्य हो। आफ्ना नागरिकका डेटा चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पर्नबाट रोक्न भन्दै मोन्टानाले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
तर अमेरिकाको अदालतले मोन्टानाको उक्त निर्णयलाई गैरकानुनी ठहर गरेको छ। प्रयोगकर्ताहरुको अभिव्यक्ति स्वतन्त्रताको हनन् हुने भन्दै अदालतले प्रतिबन्ध लगाउने निर्णय खारेज गरेको हो।
गत मे महिनामा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय मोन्टाना राज्यले पास गरेको थियो। उक्त निर्णय जनवरी १ बाट लागू हुनेवाला थियो।
मोन्टाना राज्यले पास गरेको कानुनले एप स्टोरहरूमा टिकटक उपलब्ध गराउनु गैरकानुनी हुने थियो भने कम्पनीले १० हजार अमेरिकी डलर अर्थात करिब १३ लाख रुपैयाँसम्म जरिबानाको सामना गर्नुपर्ने हुन सक्थ्यो।
यता, मोन्टानाको राज्य न्यायाधिवक्ताको कार्यालयले भने ‘मोन्टानाका जनताहरूको डाटा चिनियाँ कम्युनिस्ट पार्टीले प्राप्त नगरोस् तथा प्रयोग नगरोस् भने कानुनको रक्षा गर्न’ यस्तो कदम चालिएको बताएको छ।
१० लाख भन्दा बढी जनता भएको मोन्टानाले गत डिसेम्बरमा सरकारी डिभाइसहरुमा टिकटक प्रतिबन्ध लगाएको थियो। टिकटकमा १५ करोड अमेरिकी प्रयोगकर्ताहरू रहेको कम्पनीले बताएको छ। जसमध्ये अधिकांश किशोरकिशोरी तथा २० देखि ३० वर्षका बढी छन्।
मार्चको सुरुवातमा अमेरिकी सरकारले बाइटडान्सलाई टिकटक अमेरिकी कम्पनीलाई बेच्न अन्यथा सम्भावित प्रतिबन्धको सामना गर्न चेतावनी दिएको थियो।
सर्वोच्चले टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। टिकटक प्रतिबन्धविरुद्ध परेका मुद्दाहरुको सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
सर्वोच्चले मंसिर ५ गते सरकारका नाममा कारण देखाऊ आदेश भने दिएको छ। अन्तरिम आदेश जारी नभएपछि टिकटकमाथि प्रतिबन्ध कायमै छ।
सर्वोच्चको कारण देखाऊ आदेशमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिखित जवाफ पेस गरेपछि मामिला झन पेचिलो बनेको छ। सर्वोच्चलाई जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विकृति सिर्जना गरेकाले टिकटकमाथि प्रतिबन्ध लगाउनु परेको बताएका छन्। टिकटक प्रयोगलाई तत्काल नरोके निकट भविष्यमा सामाजिक सद्भावमा भयावह स्थिति आउन सक्ने उनले बताएका छन्। त्यसैले तत्कालीन र दूरगामी दुवै असरलाई विश्लेषण गरी यस्तो निर्णय गरिएको उनको जवाफमा उल्लेख छ।
सर्वोच्चले टिकटक प्रतिबन्धविरुद्धका मुद्दाको अन्तिम सुनुवाइ मंसिर १९ गतेदेखि गर्ने बताएको छ। त्यसले नै नेपालमा टिकटकको भविष्य निर्धारण गर्नेछ।
The post अमेरिकाको मोन्टाना राज्यको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय अदालतले राेक्यो, नेपालमा के होला? appeared first on BIZMANDU.