एनपीएलबाट बाहिरियो काठमाडौं , फाइनल पुग्न भिड्नेछन् चितवन र सुदूरपश्चिम

बिजमाण्डू
२०८३ मंसिर २ गते २०:४४ | Nov 18, 2026
एनपीएलबाट बाहिरियो काठमाडौं , फाइनल पुग्न भिड्नेछन् चितवन र सुदूरपश्चिम
काठमाडौंका लागि विल बोसिस्टोले सर्वाधिक ३७ रन बनाए।

काठमाडौं। काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न इलिमिनेटरको खेलमा चितवनले ६१ रनको जित निकाल्दै क्वालिफायरमा स्थान बनाउँदा काठमाडौं बाहिरिएको हो।

GBIME
Tata
काठमाडौंका ब्याटर क्रिजमा टिक्नै सकेनन्।

टस जितेर ब्याटिङ उत्रिएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको काठमाडौं ९ विकेट गुमाएर १४३ रनमा समेटियो।

२०५ रनको विशाल लक्ष्य लिएर ब्याटिङमा उत्रिएको काठमाडौंको ब्याटिङलाई चितवनका बलरले स्थिर हुनै दिएनन्। यसक्रममा विल बोसिस्टोले सर्वाधिक ३७ रन बनाउँदा शेहान अरागिचेले २४ तथा राशिद खानले १२ रन बनाए। भीम सार्की ३० रनमा अविजित रहे।

चितवनको सेलिब्रेसन।

काठमाडौंलाई धराशायी बनाउन चितवनका रिजन ढकालले सर्वाधिक ४ विकेट लिँदा उसमान मीरले ३ तथा सलाउद्दीन खान र कुशल मल्लले समान १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो।

चितवनको ब्याटिङ। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा चितवनले ओपनर देव खनाललाई १७ तथा डेभिड मलानलाई शुन्य रनमै गुमाएको थियो। तर, कमिल मिसरा र रवि बोपाराले १५४ रनको साझेदारी गर्दै इनिङ्स उकासे।

ब्याटिङमा चितवनका खेलाडी।

यसक्रममा कमिलले शतक तथा बोपाराले अर्धशतक बनाए।

मिसराले ५३ बलमा ४ चौका र ८ छक्काको सहायतामा शतक पूरा गरे। जारी संस्करणमा यो दोस्रो शतक हो। समग्रमा भने उनी ५९ बलमा १२० रन बनाउँदै अविजित रहे। उनले ५ चौका र १० छक्का प्रहार गरे। 

काठमाडौंको विकेट सेलिब्रेसन।

जारी सिजन यसअघि पोखरा एभेन्जर्सका युवराज साम्राले मात्रै शतकीय इनिङ्स खेलेका थिए। एनपीएल इतिहासमै हालसम्म नेपाली खेलाडीले शतक बनाएका छैनन्।

रवि बोपाराले भने ४२ बलमा ५३ रन बनाए।

क्रिजमा चितवनका बोपारा र कमिल।

बलिङमा करण केसी र राशिद खानले समान २ विकेट लिए पनि रोक्न सकेनन्।

योसँगै बिहीबार चितवनले दोस्रो क्वालिफायरमा बिहिबार सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग हार ब्यहोर्दा फाइनल पुग्न असफल भएको थियो। अब चितवन र सुदूरपश्चिमबीचको विजेताले लुम्बिनीविरुद्ध फाइनल खेल्नेछ।