सहकारी ठगीमा फरार बराह बचतका संस्थापक विश्वकर्मासहित दुई जना पक्राउ

बिजमाण्डू
२०८३ मंसिर २ गते १६:०४ | Nov 18, 2026
सहकारी ठगीमा फरार बराह बचतका संस्थापक विश्वकर्मासहित दुई जना पक्राउ

काठमाडौं। सहकारी ठगी प्रकरणमा फरार रहेका बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्।

GBIME
Tata

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रुपमा खटिएको विशेष टोलीले बुधबार उनलाई नेपाल-भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो। उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ।

त्यस्तै सोही सहकारीको ऋण उप समिति सदस्य, ग्राहक सेवाका कर्मचारी, बराह ग्रुप १ नम्बर प्रदेश सचिवालयका सदस्य वर्ष ३३ की अस्मिता भण्डारी पनि पक्राउ परेकी छन्।

जम्मा ४२४३ जनाको जाहेरीले १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ बिगो छ। धरानमा बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय रही सहकारीको देशभर जम्मा ३० वटा र विदेशमा ४ वटा कम्पनीसमेत छ।