तातोपानी नाका तत्काल खोल्न चिनियाँ पक्षलाई परराष्ट्रमन्त्री शिशिर खनालको आग्रह

बिजमाण्डू
२०८३ मंसिर २ गते १२:२६ | Nov 18, 2026
तातोपानी नाका तत्काल खोल्न चिनियाँ पक्षलाई परराष्ट्रमन्त्री शिशिर खनालको आग्रह

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले तातोपानी नाका तत्काल खुलाउन चीनसँग आग्रह गरेका छन्।

GBIME
Tata

उनले बुधबार आफूलाई भेट्न सिंहदरबारमा उपस्थित भएका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्ग र राजदूत झाङ माओमिङ्सामु तातोपानी नाका तत्काल खुलाउन आग्रह गरेका हुन्।

चीनले तातोपानी नाका गत भदौ दोस्रो सातादेखि अकस्मात बन्द गरेका कारण आयात निर्यात प्रभावित हुन पुगेको छ।

परराष्ट्रमन्त्री खनालले भोटेकोशीको बाढीले रसुवागढी नाका बन्द भएको र हिउँदमा कोरला नाका पूर्ण रूपमा सञ्चालन हुन नसक्ने भन्दै काठमाडौंबाट सबैभन्दा नजिक दुरीमा रहेको तातोपानी नाका तत्काल खोल्न विशेष आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा र ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ मन्त्री खनालले भने, ‘यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ।’

अध्यक्ष याङ्गले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने जवाफ दिएका छन्।