काठमाडौं। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले मंसिर २३ गते औं वार्षिक साधारण सभा बोलाएको हो।
साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १० गते बुक क्लोज मिति तोकेको छ। मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले लाभांश पाउनेछन्।
साधारण सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत र त्यसको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत गरी कुल ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।









