लुम्बिनीको घातक बलिङसामु सुदूरपश्चिम निरीह, ब्याटिङ नचलेपछि ८७ रनमा समेटियो

बिजमाण्डू
२०८३ कात्तिक ९ गते १८:३६ | Oct 26, 2026
लुम्बिनीको घातक बलिङसामु सुदूरपश्चिम निरीह, ब्याटिङ नचलेपछि ८७ रनमा समेटियो
तस्वीर : सुशील श्रेष्ठ


काठमाडौं। सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु ८८ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।

GBIME
Tata

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १७.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको हो।

तस्वीर : सुशील श्रेष्ठ

घातक बलिङ गर्ने क्रममा डिफेन्डिङ च्याम्पियन लुम्बिनीका किशोर महतोले सर्वाधिक ४ विकेट लिए। यस्तै शेर मल्लले ३ तथा रोहित पौडेल, स्याडली भान र तिलकराज भण्डारीले समान १ विकेट लिए।

तस्वीर : सुशील श्रेष्ठ

सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७, अनिल खरेलले १५ र सैफ जैबले १३ रन बनाए। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन नै बनाउन सकेनन्।

तस्वीर : सुशील श्रेष्ठ

लुम्बिनी केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

प्रधानमन्त्री बालेन्द्र शाहले अम्पायरलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्‍घाटन गरेका थिए। लुम्बिनी र सुदूरपश्चिम अघिल्लो संस्करणका फाइनलिस्ट टोली हुन्। सुदूरपश्चिम फाइनलमा ८५ रनमा समेटिएको थियो।