एसियन लाइफ इन्स्योरेन्सका सीइओ श्रेष्ठले बीचमै दिए राजीनामा, होमबहादुरलाई कामुको जिम्मेवारी

बिजमाण्डू
२०८३ कात्तिक ९ गते १०:५५ | Oct 26, 2026
एसियन लाइफ इन्स्योरेन्सका सीइओ श्रेष्ठले बीचमै दिए राजीनामा, होमबहादुरलाई कामुको जिम्मेवारी
दिनेशलाल श्रेष्ठ


काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिनेशलाल श्रेष्ठले राजीनामा दिएका छन्।

GBIME
Tata

श्रेष्ठले पुनर्नियुक्ति पाएको २१ महिनामै राजीनामा दिएका हुन्। इन्स्योरेन्सको सञ्चालक समितिको आइतबार बसेको बैठकले मंगलबारदेखि लागू हुने गरी श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ।

२०७७ माघ १ गते इन्स्योरेन्सको सीइओ नियुक्त भएका श्रेष्ठले २०८१ माघ १ गते पुनर्नियुक्ति पाएका थिए। श्रेष्ठको राजीनामासँगै इन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कामु सीइओको जिम्मेवारी दिएको छ।

होमबहादुर श्रेष्ठ