काठमाडौं। सरकारले गत वैशाख तेस्रो साता अध्यादेशका कारण पद गुमाएकाहरुको स्थानमा ६११ जनालाई नियुक्ति दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार १४ जनालाई मन्त्रिपरिषद्को निर्णयबाट र बाँकी ५९७ जनालाई कानुन अनुसार प्रधानमन्त्री र मन्त्रीस्तरबाट निर्णय गरेर नियुक्ति दिइएको हो।
अध्यादेशका कारण १५०० भन्दा बढी पदमुक्त भएका थिए।
प्रधानमन्त्री कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार असोज २१ गतेदेखि २९ गतेसम्म उपत्यकाभित्र र मधेश प्रदेशअन्तर्गतका ४३ वटा कार्यालय अनुगमन गरी समय पालना नगर्ने ६८९ र तोकिएको पोसाक नलगाउने २५ कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्रले कारबाही गर्न पत्राचार गरेको छ।
चालु आवको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै संघीय मन्त्रालयसहित २३ वटा कार्यान्वयन निकायलाई १२६२ वटा डीआइपी आइडीसहित कार्यान्वयन क्रियाकलाप निर्धारण गरी पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।










