सिटिजन्स बैंक र सिटीटेक ग्रुपबीच सम्झौता, ग्राहकलाई अब डिजिटल माध्यमबाट सहजै कर्जा

बिजमाण्डू
२०८३ असोज ३० गते १६:४१ | Oct 16, 2026
सिटिजन्स बैंक र सिटीटेक ग्रुपबीच सम्झौता, ग्राहकलाई अब डिजिटल माध्यमबाट सहजै कर्जा


काठमाडौं। सिटिजन्स बैंक र सिटीटेक ग्रुपबीच सम्झौता भएको छ। बैंकले ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको हो।

GBIME
Tata

सम्झौतासँगै आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट सहज रूपमा कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

आफ्ना डेबिट कार्ड र क्रेडिट कार्ड होल्डरले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा सहजै इन्स्ट्यान्ट पर्चेज क्रेडिट लुप क्रेडिट सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

ग्राहकले सिटिजन्स बैंकको डेबिट कार्ड, क्रेडिट कार्डमार्फत गरिएको भुक्तानीलाई सहजै मासिक किस्ताबन्दी लुप इएमआईमा रूपान्तरण गर्न सक्नेछन्।

यो सुविधाले ग्राहकलाई आवश्यकताअनुसार वित्तीय पहुँच उपलब्ध गराउनुका साथै खर्च व्यवस्थापन गर्न, खरिद प्रक्रियालाई सहज बनाउन र सरल भुक्तानीको अनुभव लिन मद्दत पुर्‍याउने बैंकको अपेक्षा छ।