काठमाडौं । आज दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन। दसैँ घर र पूजा कोठामा आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
त्यस्तै, काठमाडौंमा रहेका शक्तिपीठहरुमा पनि दर्शन गर्न बिहानैदेखि भक्तजनहरु पुगिरहेका छन्। ललितपुर र भक्तपुरका शक्तिपीठहरुमा पनि दर्शन गर्न पुग्नेको संख्या बढ्दो छ।
९ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। कतै भने कुल परम्पराअनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ।

दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ।
























