सुनको मूल्य तोलामा १७०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि उकालो, किनबेच कतिमा?

बिजमाण्डू
२०८३ असोज ३० गते १२:५१ | Oct 16, 2026
सुनको मूल्य तोलामा १७०० रुपैयाँ बढ्यो, चाँदीको भाउ पनि उकालो, किनबेच कतिमा?


काठमाडौं। सुनको मूल्य फेरि बढेको छ। सुनको भाउ शुक्रबार तोलामा १७०० रुपैयाँ वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको मूल्य प्रति तोला २ लाख ९० हजार १०० रुपैयाँ निर्धारण भएको छ।

GBIME
Tata

सुनको भाउ बिहीबार प्रति तोला ११०० रुपैयाँ घटेर २ लाख ८८ हजार ४०० रुपैयाँका दरले किनबेच भएको थियो।

चाँदीको मूल्य तोलाको ४ हजार १५० रुपैयाँ पुगेको छ। चाँदीको भाउ तोलामा ११५ रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४१७१.८८ र चाँदीको भाउ प्रति औंस ५७.५४ डलर छ।