काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सका दुई आधारभूत सेयरधनीले साढे २७ लाख कित्ता सेयर बिक्री गर्न लागेका छन्।
कम्पनीका आधारभूत सेरधनी सुष्मा राणाले १८ लाख र यति वर्ल्ड इन्भेष्टमेन्ट प्रालिले ९ लाख ६० हजार २८ कित्ता सेयर बिक्री गर्नका लागि निवेदन दिएका छन्।
आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नु परेमा पाँच कारोबार दिन अगाडि कम्पनीलाई जानकारी गराउनुपर्ने र कम्पनीले यथाशीघ्र नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।










