नागरिक लगानी कोष र एभरेस्ट अस्पतालबीच सम्झौता, उपचारमा २०% सम्म छुट

बिजमाण्डू
२०८३ असोज २९ गते १७:१६ | Oct 15, 2026
नागरिक लगानी कोष र एभरेस्ट अस्पतालबीच सम्झौता, उपचारमा २०% सम्म छुट


काठमाडौं। नागरिक लगानी कोषका सहभागी, कर्मचारी र उनीहरुका परिवारका सदस्यले एभरेस्ट अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन्। यस सम्बन्धमा कोष र अस्पतालबीच सम्झौता भएको छ।

GBIME
Tata

कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका सहायक प्रशासक यादवप्रसाद ढुंगानाले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित परिवार तथा सदस्यले अस्पतालको बिल र परीक्षण सेवामा २० प्रतिशत तथा शल्यक्रिया कक्ष र फार्मेसीको बिलमा १० प्रतिशत छुट पाउनेछन्।

बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट नहुने कोषले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।