३१ वटा विमानस्थल प्रमुखलाई क्यान महानिर्देशक डंगोलको निर्देशन, ‘सरसफाइमा विशेष ध्यान दिनुस्’

बिजमाण्डू
२०८३ असोज २९ गते ११:१९ | Oct 15, 2026
३१ वटा विमानस्थल प्रमुखलाई क्यान महानिर्देशक डंगोलको निर्देशन, ‘सरसफाइमा विशेष ध्यान दिनुस्’


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडपर्वको समयमा यात्रुहरुको भीड बढी हुने भएकाले विमानस्थल संचालन व्यवस्थापन र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएको छ।

GBIME
Tata

प्राधिकरणले सबै विमानस्थललाई पत्र पठाउँदै उपलब्ध कर्मचारी जनशक्ति र बजेटको उच्चतम प्रयोग गरेर यात्रुलाई सुविधा दिन निर्देशन दिएको हो। प्राधिकरणका महानिर्देशक डा. मुकेश डंगोलले देशभर रहेका ३१ वटा विमानस्थल प्रमुखहरुलाई पत्र पठाउँदै यात्रुलाई अधिकतम सेवा दिन निर्देशन दिएका हुन्।

‘नेपालीहरुको महान चाड बडा दशैं, तिहार र छठ पर्वको अवसरमा यात्रुहरुको आवागमनलाई मध्यनजर गरी विमानस्थल संचालन तथा व्यवस्थापन निर्देशिका, २०७९ र विमानस्थल सरसफाइ सेवा निर्देशिका, २०७९मा भएको व्यवस्था अनुसार यात्रु सुविधालाई व्यवस्थित बनाउन निर्देशन गरिन्छ,’ प्राधिकरणले सबै विमानस्थल कार्यालयमा पठाएको पत्रमा भनिएको छ।