काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सहायक कम्पनी खोल्ने भएको छ।
एनसीएचएलले बैंकिङ/वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास, जडान एवम् सोसँग सम्बन्धित आवश्यक कार्यसमेत गर्ने उद्देश्यसहित सहायक कम्पनी खोल्ने भएको हो।
एनसीएचएलको बुधबार काठमाडौंमा भएको १५औं वार्षिक साधारण सभाले कम्पनीको सहायक वा सम्बद्ध कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी स्थापना गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ।
एनसीएचएलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सहायक कम्पनीले वित्तीय क्षेत्रका लागि आवश्यक प्रविधि तथा सफ्टवेयरको विकास र जडानको काम गर्नेछ।










