ऊर्जामन्त्री श्रेष्ठले भने- बिजुलीमा भ्याट हटाउने निर्णय अब बस्ने मन्त्रिपरिषद्‍बाट हुन्छ

बिजमाण्डू
२०८३ असोज २८ गते १४:२८ | Oct 14, 2026
ऊर्जामन्त्री श्रेष्ठले भने- बिजुलीमा भ्याट हटाउने निर्णय अब बस्ने मन्त्रिपरिषद्‍बाट हुन्छ


काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको भ्याट हटाउने निर्णय अब आउने मन्त्रिपरिषद्बाट गर्ने जानकारी दिएका छन्। ‘भ्याटका विषयमा अब बस्ने मन्त्रिपरिषद्बाट निर्णय हुनेछ,’ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भने।

GBIME
Tata

तीन साताअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र ऊर्जामन्त्री श्रेष्ठबीच बिजुलीमा लाग्दै आएको भ्याट हटाउनेबारेमा सहमति भएको थियो। त्यो सहमतिको सूचना ऊर्जामन्त्रीकै सचिवालयबाट संचारमाध्यममा प्रवाह भएको थियो। त्यो सूचनाका आधारमा समाचार प्रकाशित भएपछि अर्थमन्त्री वाग्लेको सचिवालयले भने त्यसको खण्डन गर्दै सामाजिक संजालमा धारणा राखेपछि द्विविधा भएको थियो।

प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेबीच भएको छलफलमा भ्याट हटाउनेबारेमा सहमति भएको थियो।