काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४० जना इन्जिनियर र १४ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले मंगलबार विभिन्न निकायमा कार्यरत इन्जिनियर र शाखा अधिकृतको सरुवा गरेको हो।
शिक्षा मन्त्रालयका तीन अधिकृत सुरज लामा, मदन तिमल्सिना र ईश्वर न्यौपाने सञ्चाार मन्त्रालय पुगेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका दीपक पौडेललाई अर्थ मन्त्रालय सरुवा गरिएको छ।
विभिन्न जिल्लामा जिल्ला समन्वय समितिमा कार्यरत १९ जना इन्जिनियर पूर्वाधार विकास मन्त्रालयमा आएका छन्।
जिल्ला समन्वय समिति काठमाडौंकी कृपा देवकोटा, दोलखाका बालकृष्ण शिवाकोटी, सिन्धुपाल्चोकका प्रशान्त अधिकारी, पर्साका इन्द्रेशकुमार यादव, रसुवाका दीपराज बस्नेत, धनकुटाका विवेक काफ्ले, म्याग्दीका सुमनचन्द्र सुवेदी, लमजुङका नोलराज पौडेल, कैलालीका किशोर विष्ट र रामेछापका रजनीश पाण्डेयलाई पूर्वाधार विकास मन्त्रालयमा ल्याइएको हो।
यस्तै कास्कीका महेश पोखरेल, काभ्रेका प्रवेश आचार्य, स्याङजाका कपिल खनाल क्षत्री, सुनसरीका सौरभ थापा मगर, नवलपरासी पश्चिमकी सपना भट्टराई, तनहुँका प्रनिश नारायण सापकोटा, इलामका लोकेशराज चौधरी, बाराका रोशन साह र पर्वतका सफल चापागाइँ पनि पूर्वाधार विकास मन्त्रालयमा सरुवा भएका छन्।









