एनएमबि बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य हुने

बिजमाण्डू
२०८३ असोज २६ गते १७:१८ | Oct 12, 2026
एनएमबि बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य हुने


काठमाडौं । एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्‍यापिड टेक प्रा. लिसँग डिजिटल बैंकिङ सेवाविस्तारका लागि सहकार्य गरेको छ।

GBIME
Tata

व्यावसायिक संस्थानहरुले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको जनाइएको छ।

यो सहकार्य पश्चात् एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरुले चाँडै नै आफ्नो बैंकिङ प्रणाली भित्रै रहेर रकम भुक्तानी, हिसाब मिलान र बैंकिङ कारोबारहरु तुरुन्तै गर्न सक्ने जनाइएको छ।

त्यसैगरी, साना तथा मझौला ग्राहकहरुले पनि व्यापारिक केन्द्रहरु तथा विभिन्न डिजिटल प्लेटफर्महरुमा अझ छिटो, सुरक्षित र सहज रुपमा बैंकिङ सेवाहरु प्राप्त गर्न सक्ने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।

छिट्टै संचालनमा आउने यो सुविधाले अनावश्यक झन्झट हटाएरु ग्राहकहरुको समय बचत गर्नुका साथै वित्तीय कारोबारलाई अझ सरल बनाउन मद्दत पुर्‍याउने बैंकले विश्वास लिएको छ।