कवि फुयाँल सन नेपाल छोडेर हिमालयन लाइफ इन्स्योरेन्समा, निमित्त सीइओको जिम्मेवारी

बिजमाण्डू
२०८३ असोज २६ गते ११:३६ | Oct 12, 2026
कवि फुयाँल सन नेपाल छोडेर हिमालयन लाइफ इन्स्योरेन्समा, निमित्त सीइओको जिम्मेवारी


काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले कवि फुयाँललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।

GBIME
Tata

कम्पनीमा सोमबारदेखि लागू हुने गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका फुयाँलले निमित्त सीइओको पनि जिम्मेवारी पाएका हुन्।

कम्पनीमा यसअघि निमित्त सीइओको जिम्मेवारीमा दिनेशबहादुर अमात्य थिए। उनी स्थापनाकालदेखि काम गरेको आइएमई लाइफ इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृतको पदबाट साउन ८ गते राजीनामा दिएर ११ गते हिमालयन लाइफ इन्स्योरेन्समा प्रवेश गरेका थिए।

फुयाँल ६ वर्षअघि नै आइएमई लायफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए। २०७७ भदौदेखि ४ वर्ष आइएमई लायफ इन्स्योरेन्सको सीइओका रुपमा काम गरेपछि सन नेपाल लाइफ इन्स्योरेन्समा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध भएका उनले एक साताअघि राजीनामा दिएका थिए।