पर्यटकीय सिजनमा विपद्ले फेरि प्रहार, मनास्लु ट्रेकिङमा गएका १०० भन्दा विदेशी पर्यटक बीचमै रोकिए

बिजमाण्डू
२०८३ असोज २५ गते १६:५४ | Oct 11, 2026
पर्यटकीय सिजनमा विपद्ले फेरि प्रहार, मनास्लु ट्रेकिङमा गएका १०० भन्दा विदेशी पर्यटक बीचमै रोकिए


काठमाडौं। पर्यटकीय सिजनमा विपद्‍ले फेरि प्रहार गरेको छ। भोटेकोशी बाढीले लाङटाङ क्षेत्रको ट्रेकिङ ठप्प भएको डेढ महिनापछि मनास्लु क्षेत्रको ट्रेकिङमा पनि विपद्ले नै बर्बाद पारेको छ।

GBIME
Tata

ट्रेकिङमा निस्केका १०० भन्दा बढी विदेशी पर्यटक बूढीगण्डकी नदीमा आएको बाढीले बीच बाटोमा रोकिएका छन्। गोरखाको मनाश्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक बाढीले पदमार्गमा क्षति पुर्‍याएपछि बीचैमा रोकिएका हुन्।

मनाश्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुब्री गाउँपालिका-३ जगतमा १०० भन्दा बढी विदेशी पर्यटक रोकिएका छन्। बाढीले मनाश्लु जाने मुख्य पदमार्ग र झोलुङ्गे पुलमा क्षति पुर्‍याएका कारण पर्यटकको आवतजावत रोकिएको हो।

default

विदेशी पर्यटकसहित भरिया, पथप्रदर्शक पनि बीचैमा रोकिएका छन्।

मनाश्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाले सबै पर्यटक सुरक्षित रहेको बताए। ‘शनिबार ९८ जना विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गरेका थिए। रातिसम्म जगत आइपुगेका सबै पर्यटक त्यहीँ सुरक्षित छन्,’ उनले भने

उनका अनुसार पर्यटकलाई हेलिकोप्टरबाट उद्धारको पहल भइरहेको छ।

चुमनुब्री-६ लोक्पामा १७ पर्यटक उद्धारको पखाईमा छन्। ओझाका अनुसार उपत्यका क्षेत्रको छेकम्पारमा ४० पर्यटक छन्।