चाँगुनारायणका दुई फर्ममाथि वाणिज्य विभागको कारबाही, ४ फर्मलाई उपस्थित हुन निर्देशन

बिजमाण्डू
२०८३ असोज २२ गते १९:०१ | Oct 8, 2026
चाँगुनारायणका दुई फर्ममाथि वाणिज्य विभागको कारबाही, ४ फर्मलाई उपस्थित हुन निर्देशन


काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको चाँगुनारायणका २ वटा फर्मलाई जरिवाना गरेको छ।

GBIME
Tata

विभागले बिहीबार बजार अनुगमनका क्रममा कैफियत देखिएको भन्दै चाँगुनारायणको ओल्ड टाउण्ड रेष्टुरेन्टलाई १५ हजार र बस्ताकोटी ग्रोसरी स्टोरलाई ५ हजार जरिवाना गरेको हो।

विभागले काठमाडौंको महाराजगंजस्थित खड्का ग्यास डिपो, लाजिम्पाटस्थित पर्फेक्ट कलेक्सन प्लस, नक्सालस्थित पारामाउण्ट मोर्टस र भक्तपुरको कमलविनायकस्थित जिज्ञासा सप्लायर्सलाई कागजातसहित उपस्थित हुन चिठी काटेको छ।