सुनको भाउ आज ८०० रुपैयाँले बढ्यो, चाँदी तोलाको ४ हजार ४२५ रुपैयाँ

बिजमाण्डू
२०८३ असोज २१ गते ११:१५ | Oct 7, 2026
सुनको भाउ आज ८०० रुपैयाँले बढ्यो, चाँदी तोलाको  ४ हजार ४२५ रुपैयाँ


काठमाडौं । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेको छ। चाँदीको मूल्य भने १० रुपैयाँले वृद्धि भएको छ।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य तोलाको ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४१५ थियो।