विराजभक्तले बनाए अर्को समिति, सहसचिव सुनिल पौडेल संयोजक, इप्पानबाट तीन जना सदस्य

बिजमाण्डू
२०८३ असोज २० गते १७:५० | Oct 6, 2026
विराजभक्तले बनाए अर्को समिति, सहसचिव सुनिल पौडेल संयोजक, इप्पानबाट तीन जना सदस्य


काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनमा उत्पन्न समस्या समाधानका लागि भन्दै समिति गठन गरेका छन्।

GBIME
Tata

उनले निजी क्षेत्रका प्रतिनिधिलाई समावेश गरेर मन्त्रालयका ऊर्जा महाशाखा प्रमुख सुनिल पौडेलको नेतृत्वमा समिति गठन गरेका हुन्।

समितिमा मन्त्रालयका कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराई, विद्युत् विकास विभागका उपमहानिर्देशक र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सदस्य छन्।

यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का नरेन्द्र बल्लभ पन्त, अभिज्ञा मल्ल र अनुप आचार्यलाई सदस्य राखिएको मन्त्रीको सचिवालयले जनाएको छ।

इन्जिनियर शिरिष पाण्डे पनि समितिको सदस्य छन्। मन्त्रालयका नवीकरणीय ऊर्जा तथा कार्बन व्यापार प्रवर्धन शाखाका सिनियर डिभिजनल इन्जिनियर शालिकराम भण्डारीलाई सदस्यसचिवको जिम्मेवारी तोकिएको छ।

विराजभक्तले यसअघि पनि मन्त्रालय र प्राधिकरण मातहत विभिन्न समिति बनाइसकेका छन्।