सेयर बजारमा १६९ कम्पनीको मूल्य बढ्यो, सूचक ११.९६ अंकले बढ्दै २५७८.७३ विन्दुमा

बिजमाण्डू
२०८३ असोज २० गते १५:२४ | Oct 6, 2026
सेयर बजारमा १६९ कम्पनीको मूल्य बढ्यो, सूचक ११.९६ अंकले बढ्दै २५७८.७३ विन्दुमा


काठमाडौं। दुई दिन घटेको सेयर बजार तेस्रो दिन बढेको छ। नेप्से परिसूचक मंगलबार ११.९६ अंक उकालो लागेर २५७८.७३ विन्दुमा पुगेको छ।

GBIME
Tata

कारोबारमा आएका माइक्रो फाइनान्स र निर्जीवन बीमा कम्पनी बाहेकका उपसमूहले बजार बढाएका हुन्। ट्रेडिङ उपसमूहको सूचक सबैभन्दा धेरै ०.८२ प्रतिशतले बढेको छ।

बजारमा १६९ कम्पनीको सेयर मूल्य बढेको छ। त्रिशूली जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.११ प्रतिशतले बढेको छ।

९५ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको स्थिर छ। सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सबैभन्दा धेरै ४.९४ प्रतिशत घटेको छ।

सूचक बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ३ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएकामा मंगलबार ३ अर्ब १३ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

घलेम्दी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै २३ करोड ९१ लाख रुपैयाँको किनबेच भएको छ। यस्तै, लिबर्टी इनर्जीको १३ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।