काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय समितिको आकार बढाएको छ। केन्द्रीय समिति हाल १६७ सदस्यीय रहेकामा विधान संशोधन गरेर केन्द्रीय सदस्यको संख्या २४३ पुर्याइएको छ।
त्यसमध्ये ६१ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्नेछन्। सभापतिसँग एक महिलासहित ४ सहमहामन्त्री मनोनीत गर्ने अधिकार पनि राखिएको छ।
पार्टी प्रवक्ता देवराज चालिसेले सभापतिलाई बलियो बनाउने उद्देश्यले मनोनीत गर्ने कोटा बढाएको बताए। ‘सभापतिको लिडरसिप बलियो होस् भनेर मनोनीत कोटा बढाइएको हो,’ उनले भने।











