काठमाडौं। एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुनिल बल्लभ पन्तले दोस्रो कार्यकालका लागि नियुक्ति पाएका छन्।
इन्स्योरेन्सको सच्चालक समितिले पन्तलाई असोज २४ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि पुनर्नियुक्ति दिने निर्णय गरेको हो। पन्तको ४ वर्षे कार्यकाल असोज २३ गते सकिंदै थियो।











