काठमाडौं। हिमालयन रि-इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी दीपेन्द्रकुमार मिश्रले पाएका छन्।
कम्पनीको सञ्चालक समितिको असोज १५ गते बसेको बैठकले आगामी वार्षिक साधारण सभासम्मका लागि मिश्रलाई अध्यक्ष चयन गरेको हो। उनी गत चैत २५ गते कम्पनीको सञ्चालक नियुक्त भएका थिए।

कम्पनीमा संस्थापक सेयरधनी नेपाल बैंकले होमबहादुर खड्का, हंसराज हुलासचन्द एण्ड कम्पनीले नितेश तोदी र कालिका फिनकर्पले पल्लव श्रेष्ठलाई सञ्चालकको रुपमा पठाएका छन्।
कम्पनीमा सर्वसाधारणका तर्फबाट सागरप्रसाद मुल्मी र स्वतन्त्र विज्ञका रुपमा आशिषचन्द्र न्यौपाने सञ्चालक छन्।











