अर्थमन्त्री स्वर्णिम वाग्ले अमेरिकामा, विश्व बैंक समूहका अध्यक्ष बंगासँगको वार्ता भोलि

बिजमाण्डू
२०८३ असोज १८ गते १२:१८ | Oct 4, 2026
अर्थमन्त्री स्वर्णिम वाग्ले अमेरिकामा, विश्व बैंक समूहका अध्यक्ष बंगासँगको वार्ता भोलि


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका पुगेका छन्। उनी गएराति अमेरिका पुगेका हुन्।

GBIME
Tata

उनलाई वासिङ्टनडीसीस्थित कार्यवाहक राजदूत शरदराज आरनले स्वागत गरेका छन्। मन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ द ट्रेजरी) र विश्व बैंक समूहका अध्यक्ष अजय बंगासँग भेटवार्ता गर्ने तालिका छ।

भेटवार्ताका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, नेपाललाई एफएटीएफको ग्रे-लिस्टबाट निकाल्ने लगायत विषयमा छलफल हुने मन्त्री वाग्लेको सचिवालयले जनाएको छ।