फ्रान्समा विद्यार्थीहरुले गरेको आन्दोलन चर्किएको छ। तोडफोड र आगजनी पछि सयौं विद्यालयहरु बन्द गरिएका छन्।
शिक्षकको अभाव, खचाखच भरिएका कक्षाकोठा र जीर्ण विद्यालय भवनहरुको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।
यो विरोध प्रदर्शन यसै साताको सुरुमा फ्रान्सको राजधानी पेरिसबाट सुरु भएको थियो। हाल देशभर विद्यार्थी प्रदर्शन फैलिएको छ।
फ्रान्सका शिक्षा मन्त्री एडुआर्ड गेफ्रेले ४० जना ‘हेड टिचर’ सहित ६५ जना विद्यालय कर्मचारी घाइते भएको बताएका छन्।
बिहीबार मात्रै करिब दुईजना प्रदर्शनकारी पक्राउ परेका छन्।
भिडन्त र तोडफोडका केही घटनाहरू निकै सोच्नै नसकिने खालको भएको उनले बताएका छन्।
यो आन्दोलनमा विश्वविद्यालयका विद्यार्थीहरू पनि सहभागी भएको बताइन्छ।











