भैरहवामा १ किलो सुनको गहनासहित एक महिला पक्राउ, सशस्त्र प्रहरीले बुझायो भन्सारमा

बिजमाण्डू
२०८३ असोज १५ गते १७:०६ | Oct 1, 2026
भैरहवामा १ किलो सुनको गहनासहित एक महिला पक्राउ, सशस्त्र प्रहरीले बुझायो भन्सारमा


काठमाडौं। भैरहवामा अढाइ करोड मूल्यको गहनासहित एक महिला पक्राउ परेकी छन्।

Vigo
GBIME
Tata

सशस्त्र प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ शान्ति गेटबाट १ किलो सुनका गरगहनासहित ती महिलालाई नियन्त्रणमा लिएको हो। एक किलो सुनको मूल्य हाल २ करोड ५१ लाख ९३ हजार रुपैयाँ पर्छ।

पक्राउ पर्ने महिला काठमाडौं महानगरपालिका-१९ बस्ने ४६ वर्षीया ईला पटेल हुन्। भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डको टोलीले बुधबार राति नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका महिलालाई सशस्त्र प्रहरीले बरामद सुनसहित भैरहवा भन्सार कार्यालयमा बुझाएको छ।