काठमाडौं। सेयर बजार सूचक २६०० अंकबाट तल झरेको छ। नेप्से लगातार तेस्रो दिन घटेर २५९८.८९ विन्दुमा आइपुगेको छ। नेप्से परिसूचक बुधबार ४.८२ अंकले घटेको छ।
नेप्से सोमबार १६.४७ र मंगलबार ९.६२ अंकले घटेको थियो।
बुधबार व्यापार, जलविद्युत र म्युचुअल फण्डबाहेकले नेप्से घटाएका हुन्। व्यापार उपसमूहको सूचक १.१८ प्रतिशतले उकालो लागेको छ।
१०९ कम्पनीका लगानीकर्ताले कमाउँदा १५७ कम्पनीका लगानीकर्कताको सम्पत्ति घटेको छ। धेरै कमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता छन्। यो बैंकको सेयर मूल्य १४.३७ प्रतिशतले उकालो लागेको छ।
बजारमा ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।











