एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

बिजमाण्डू
२०८३ असोज १४ गते ११:५४ | Sep 30, 2026
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता


काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन्। उनी बुधबार बिहान कतार एयरवेजको जहाजमार्फत काठमाडौं फर्किएका हुन्।

Vigo
GBIME
Tata

स्वर्णिमले नेपालको महत्त्वपूर्ण पूर्वाधार विकासमा बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सदस्य मुलुकबीच थप सहकार्यका लागि भ्रमण फलदायी भएको बताएका छन्।

उनी बैंकको बैठकमा भाग लिन असोज १० गते कतारको राजधानी दोहा गएका थिए। बैठकले सन् २०२६-२७ का लागि नेपाललाई उप-सभापतिमा निर्वाचित गरेको छ।

बैठकको गभर्नर्स बिजनेस राउन्डटेबलका क्रममा डा. वाग्लेले पूर्वाधारमार्फत पुँजी निर्माण कम विकसित मुलुकको आर्थिक वृद्धिका लागि एक प्रमुख स्रोत भएको उल्लेख गर्दै सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधि लगायतका उत्पादनका प्रमुख साधनमा लगानी गर्नुपर्ने बताएका थिए।

उनले नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउने उपाय तथा स्वदेशी र विदेशी निजी पुँजीलाई आकर्षित गर्ने तरिकाले वित्तको उपलब्धता गराउनुपर्ने पनि बताएका थिए।