हिमालय एयरलाइन्सले काठमाडौं-सांघाई-काठमाडौं सिधा उडान पुन: थाल्यो, सातामा दुईवटा

बिजमाण्डू
२०८३ असोज १३ गते १३:०२ | Sep 29, 2026
हिमालय एयरलाइन्सले काठमाडौं-सांघाई-काठमाडौं सिधा उडान पुन: थाल्यो, सातामा दुईवटा


काठमाडौं। हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको सांघाईमा पुन: उडान गर्न थालेको छ।

Vigo
GBIME
Tata

कम्पनीले असोज १२ गतेदेखि त्रिभुवन विमानस्थलबाट सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सिधा उडान पुनः सुरु गरेको हो।

हिमालय एयरलाइन्सको जहाज सोमबार राति ७:११ सांघाईका लागि उडेकामा चिनियाँ समय अनुसार बिहान २ः३६ बजे सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

त्यो जहाज मंगलबार बिहान ४ः३६ सांघाईबाट उडेकामा ८:१३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

कम्पनीका अनुसार काठमाडौं-सांघाई उडान हरेक सोमबार र शुक्रबार हुनेछ। सांघाई-काठमाडौं उडान मंगलबार र शनिबार हुने कम्पनीले जनाएको छ।