घाँसीकुवामा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बिजमाण्डू
२०८३ असोज १२ गते ०७:३९ | Sep 28, 2026
घाँसीकुवामा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
फाइल तस्बिर।


दमौली (तनहुँ)। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा सोमबार बिहान माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।

Vigo
GBIME
Tata

लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोका कारण सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल भइरहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए। रासस