सुनको मूल्य फेरि बढ्यो, तोलाको ३ लाख ५ हजार ४०० पुग्यो, चाँदी पनि बढ्यो



बिजमाण्डू
२०८३ भदौ २३ गते ११:०९ | Sep 8, 2026
सुनको मूल्य फेरि बढ्यो, तोलाको ३ लाख ५ हजार ४०० पुग्यो, चाँदी पनि बढ्यो


काठमाडौं। घट्न थालेको सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिनका तुलनामा मंगलबार सुन तोलामा ३ हजार ५ सय रुपैयाँ वृद्धि भएको छ।

Vigo
GBIME
Tata

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ५ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

यसअघि २ हजार ४ सय रुपैयाँले घटेर सोमबार प्रति तोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार  सुन प्रति तोला ३ लाख ४ हजार ३ सय रुपैयाँ थियो।

चाँदीको मूल्य मंगलबार बढेर प्रति तोला ४ हजार ७ सय ९० रुपैयाँ पुगेको छ। साताको दोस्रो दिनका तुलनामा चाँदी तोलामा एक सय रुपैयाँ बढेको हो।

सोमबार प्रति तोला ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रति औंस ४४०६.४७ डलर रहेको सुन मंगलबार बढेर ४४२७.६८ डलर भएको छ। चाँदी प्रति औंस ६६.६३ डलरले कारोबार भइरहेको छ।